आइतबार, जेठ ३१, २०८३

मुलुक अस्थिरताको चक्रव्यूहमा फस्ने जोखिम बढ्दै छ : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको चुनावबाट बनेको संसदीय संरचनाले मुलुक अस्थिरताको चक्रव्यूहमा फस्ने खतरा बढेको बताएका छन्।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

बुटवल- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको चुनावबाट बनेको संसदीय संरचनाले मुलुक अस्थिरताको चक्रव्यूहमा फस्ने खतरा बढेको बताएका छन्।

National life

रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि आज बुटवलमा आयोजित पत्रकार भेटघाटमा पौडेलले कुनै पनि दलको स्पष्ट बहुमत नहुनुले मुलुकमा अस्थिरता सिर्जना हुने जोखिम बढेको बताए।

'यो अवस्था मुलुकको लागि दुर्भाग्यपूर्ण हो। हाम्रो दाबी हामीले बहुमत प्राप्त गर्नुपथ्र्यो थियो। हामीले बहुमत प्राप्त नगरे अरु कसैले प्राप्त गर्नुपथ्र्यो। विकास र समृद्धिको अभियानमा यो संसदीय संरचनाले प्रतिकुल प्रभाव पार्ने कुरा निश्चित छ। कुनै न कुनै अंक गणितको खेल हुने र मुलुक अस्थिरताको चक्रव्यूहमा फस्न सक्ने जोखिम हाम्रो सामुन्नेमा छ,’ उनले भने।

पौडेलले मुलुकलाई स्थिरता विकास र समृद्धि तर्फ गर्न सक्ने एमालेले अधिकतम प्रयास गर्ने बताए।  चुनावमा एमालेका शीर्ष टिमलाई कर्नर गर्ने प्रयास भएको उनको आरोप थियो।

पौडेलले आफूलाई भोट दिने वा नदिने सबैप्रति समान व्यवहार गर्ने बताए। उनले रुपन्देहीलाई विकास र समृद्धिमा अघि बढाउन थप भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे।

Shivam cement

प्रकाशित: Nov 28, 2022| 12:45 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...