शनिबार, चैत १४, २०८२

सहिद स्मारक ‘ए’ डिभिजन लिग असोज दोस्रो साताबाट 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- असोज दोस्रो साताबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल सुरु हुने भएका छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार पत्रकार सम्मेलन गर्दै लिग असोज दोस्रो साताबाट शुरु हुने बताएके हो। 

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछ। प्रत्येक दिन दुई खेल हुनेछ। खेल तालिका मंगलबार सार्वजनिक गरिने एन्फाले जनाएको छ । लिगको लागि क्लबहरुले १८ देखि ३५ खेलाडी अनुबन्धित गर्न सक्ने छन्। जसमा ४ विदेशी खेलाडी राख्न पाउने छन्। प्रतियोगिताको खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटो र हल्चोकस्थित सशत्र प्रहरीको एपीएफ क्लबमा हुनेछ।

प्रतियोगिता विजेताले टोलीले ५० लाख पाउनुका साथै एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन्। लिगको उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख पाउने जनाएको छ। त्यस्तै लिगको चौथो टोलीले १५ लाख, पाँचौ टोलीले ७ लाख र छैटौंले ५ लाख पाउनेछन्। फेयर प्ले टिमले एक लाख पाउने छन्। प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन्।
 
लिगको तयारीको लागि एन्फाले क्लबलाई २० लाख उपलब्ध गराउने छ। रेलिगेसन नहुने लिग असोज १३ गतेबाट सुरु भएर माघ १६ सम्म हुनेछ। लिगमा १४ ‘ए’ डिभिजन क्लबले खेल्ने छन्। 

जसमा थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटि), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्ने छन्। ‘ए’ डिभिजन लिग चार बर्षपछि हुन् लागेको हो । पछिल्लो पटक वि.स. २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।