आइतबार, जेठ ३१, २०८३

ओलीलाई बधाई दिन कांग्रेस नेता सिंह पुगे बालकोट

बधाई आदानप्रदानसँगै उनीहरूबीच समसामयिक राजनीतिक एवं निर्वाचन परिणामका विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ। भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेर सिंहले ओलीलाई बधाई दिएका हुन्। 

National life

बधाई आदानप्रदानसँगै उनीहरूबीच समसामयिक राजनीतिक एवं निर्वाचन परिणामका विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

सिंहको सचिवालयमा युपी लामिछानेले दुई नेताहरूबीच नियमित रुपमा भेट भइरहने दाबी गरे। निर्वाचनपछि पहिलो पटक भेट भएपनि नियमित भेटकै थप एक शृंखला भएको उनको भनाइ छ। 

ओली झापा–५ बाट छैटौँ पटक प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरले विजयी हुँदा सिंह काठमाडौं–१ बाट झिनो मतान्तरले चौथोपटक निर्वाचित भएका छन्।

कांग्रेसमा संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने बताएका सिंहले चुनावी परिणाम आइनसक्दै एमाले अध्यक्षसँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ।

Shivam cement

प्रकाशित: Nov 27, 2022| 19:30 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...