बुधबार, पुस १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • पुनः मतगणनाको माग गर्दै सञ्चारमन्त्री कार्कीको निवेदन, गणना अवरुद्ध

पुनः मतगणनाको माग गर्दै सञ्चारमन्त्री कार्कीको निवेदन, गणना अवरुद्ध

हिजो शनिबारदेखि अवरुद्ध भएको सुनसरी क्षेत्र नम्बर ४ को मतगणना अझै सुरु हुन सकेको छैन।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

काठमाडौं– हिजो शनिबारदेखि अवरुद्ध भएको सुनसरी क्षेत्र नम्बर ४ को मतगणना अझै सुरु हुन सकेको छैन। सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा ६ सय मत एमालेतर्फ जोडेको आरोप लगाएपछि दुई दिनदेखि मतगणना रोकिएको हो।

National life

विवाद उत्पन्न भएपछि शनिबार अपरान्ह सर्वदलीय बैठक बसेको थियो। बैठकमा कार्कीका कार्यकर्ता र एमालेका प्रतिनिधिहरुबीच विवाद भएपछि प्रहरीले गणनास्थलबाट केहीलाई बाहिर निकालेको थियो।

लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका कांग्रेस नेता कार्कीले एमालेले मतगणनामा धाँधली गरेको आरोप लगाएका छन्। उनले आयोगकै मिलेमतोमा ६ सय ६ मत एमाले उम्मेदवारका पक्षमा जोडेको आरोप लगाउँदै आएका छन्।

काकीले पुनः मतगणना गर्न माग गर्दै निवेदन दिएका छन्। आज बिहान पनि मतगणना गराउने सन्दर्भममा सर्वदलीय बैठक बसेको थियो। तर कार्कीका प्रतिनिधिले पुनः मतगणना गर्नुपर्ने अडान लिएपछि अहिलेसम्म गणना स्थगित छ।

त्यहाँ कार्कीले २३ हजार चार सय ३९ मत प्राप्त गर्दा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले २३ हजार तीन सय ४१ मत पाएका छन्। कार्की कुसियतभन्दा ९८ मतमात्र अगाडि छन्। यस क्षेत्रमा ८१ हजार दुई सय ३३ मत खसेको छ।

Laxmi sunrise bank

प्रकाशित: Nov 27, 2022| 16:40 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।