बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • दार्चुला तुइन घटना : छानबिन समिति बैतडी प्रस्थान, जयसिंह खोज्न ड्रोन उडाउँदै सरकार

दार्चुला तुइन घटना : छानबिन समिति बैतडी प्रस्थान, जयसिंह खोज्न ड्रोन उडाउँदै सरकार

सीमा क्षेत्रमा ड्रोन उडाउन दुवै देशको सहमति आवश्यक हुन्छ। ड्रोन क्यामेरा लिएर टोली आइतबार दार्चुला आइपुगेको हो। व्यास गाउँपालिका–२ मालघाटबाट सदरमुकाम खलङ्गासम्मको क्षेत्रमा ड्रोनको प्रयोग गरिने जनाइएको छ।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

दार्चुला- महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित  समिति आठ दिनपछि यहाँबाट फर्किएको छ। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित समितिका सदस्य घटनाबारे थप बुझ्न बैतडी प्रस्थान गरेका हुन्। 

National life

यही साउन १५ गते तुइन तर्ने क्रममा रहेका धामी तुइनमा रहेका बेला भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिएपछि धामी नदीमा खसेर बेपत्ता भएका थिए। समितिले सोही घटनाको अध्ययन गरिरहेको छ।

समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घटनाबारे जानकारी लिने र महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गर्ने बताइएको छ।

धामीलाई खोज्न ड्रोन क्यामेरा प्रयोग गरिँदै छ। यसका लागि नेपाल प्रहरीको प्राविधिक टोली जिल्लामै छ। भारतीय पक्षले सोमबारसम्म महाकालीमा ड्रोन प्रयोगको लागि अनुमति दिने/नदिनेबारे जवाफ पठाएको छैन। स्वदेशी भू–भागबाट ड्रोन  प्रयोग गर्ने तयारी छ। 

सीमा क्षेत्रमा ड्रोन  उडाउन दुवै देशको सहमति आवश्यक हुन्छ। ड्रोन क्यामेरा लिएर टोली आइतबार दार्चुला आइपुगेको हो। व्यास गाउँपालिका–२ मालघाटबाट सदरमुकाम खलङ्गासम्मको क्षेत्रमा ड्रोनको प्रयोग गरिने जनाइएको छ। 

Shivam cement

सरकारले छानबिन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिएको छ। गत साउन १७ गते गठित छानबिन समितिले बुधबारसम्म सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने छ।  समितिले अझै काम सकेको छैन।  छानबिन समिति बैतडी महेन्द्रनगर हुँदै काठमाडौँ फर्किने समितिका सदस्य एवं दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिइन्।

सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र सहायक प्रमुख जिल्ला अधिकारी भट्ट छन्। छानबिन समितिले जिल्लामा रहँदा नेपाल–भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरेको थियो।

प्रकाशित: Aug 10, 2021| 11:20 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।