शनिबार, चैत १४, २०८२

रियल विलवाओसँग बराबरीमा रोकियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- पहिलो आफ्नो तीन खेलमा जित हात पारेको रियल मड्रिड एथ्लेटिको विलवाओसँग बराबरीमा रोकिएको छ। रियाल विलवाओसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

ला लिगा अन्तर्गत शनिबार राति विल्वाओको घरेलु मैदानमा भएको खेलमा रियाल एक गोललेपछि परेर बराबरी बनाउन सफल भएको हो। विल्वाओका इकर मुनियनले खेलको ३२औं मिनेटमा मिनेटमा गोल गर्दै रियललाई पछि पारेको थियो। 

पहिलो हाफमा १-० ले पछि परेको रियलका लागि दोस्रो हाफमा इस्कोले एक गोल फर्काए। रियालले आक्रमक फुटबल खेल्दै दोस्रो हाफमा गोल गर्न सफल भयो । ६३औं मिनेटमा इस्कोले ग्यारेथ बेलको पासमा बराबरी गोल गर्न सफल भएकका थिए।

त्यसपछि पनि रियालको पटक–पटकको आक्रमण प्रयास गरेपनि एथ्लेटिको विल्वाओको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन पुग्यो। बराबरीसँगै रियालले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दुरी बराबरी गर्ने मौका गुमाएको छ। रियालको ४ खेलबाट १० अंक छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको ४ खेलबाटै १२ अंक रहेको छ । रियाललाई बराबरीमा रोक्न सफल विल्वाओको ३ खेलबाट ५ अंकसहित चौथो स्थानमा छ।

शनिबार राति नै एट्लेटिको मड्रिड इवारसँग १–१ गोलको बराबरीमा तथा भ्यालेन्सिया रियल बेटिसले गोलरहित बराबरी खेल्दै अंक बाँडे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।