शनिबार, चैत १४, २०८२

पवनको अर्धशतकमा अफगानिस्तानलाई नेपालको १९० रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-भारतको लखनउमा जारी चौकोणीय यू-१९ एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई जितका लागि १९० रनको लक्ष्य दिएको छ । अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्लो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै १८९ रन बनाउन सक्यो ।

नेपालका लागि पवन शार्रफले अर्धशतकीय इनिङस खेले । उनले ९६ बलमा १० चौका र १ छक्कासहित अविजित ७८ रन जोडे । यस्तै सन्दीप जोराले २८ रन जोड्दा रसिद खानले २४ तथा लोकेश बमले १६ रन बनाए ।

अफगानिस्तानका लागि नविद मोहमद कविरले सर्बा्धिक ३ विकेट लिए । सिरिजको फाइनलमा पुग्न असफल दुवैको लागि यो खेल प्रतिष्ठाको लडाईको रुपमा रहने छ । यस खेलमा विजयी हुने टोलीले एक जितसहित घर फर्कने छन् । अघिल्ला दुई खेलमा लगातार हार बेहोरेको नेपाल र अफगानिस्तान पहिलो जितको खोजीमा रहेका छन् ।

सिरिजको पहिलो खेलमा नेपाल भारतको ‘बि’ टोलीसँग पराजित भएको थियो । त्यस्तै शुक्रबार भएको दोस्रो खेलमा नेपाल भारतको ‘ए’ टोलीसँग ८ विकेटले पराजित भएको थियो । यता अफगानिस्तान पहिलो खेलमा भारतको ‘ए’ टिम र दोस्रो खेलमा भारतको‘’बि’ टिमसँग पराजित भएको थियो ।

बंगलादेशमा आयोजना हुने एसिया कप क्रिकेटको तयारीको रुपमा  भारतीय क्रिकेट बोर्डले आयोजना गरेको सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सिरिजको फाइनलमा भारतको ‘ए’ र ‘बि’ टोलीले खेल्नेछन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।