शनिबार, चैत १४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आजको खेलमा रोनाल्डोले गोल गर्ने प्रशिक्षक एलेग्रीको भविष्यवाणी

आजको खेलमा रोनाल्डोले गोल गर्ने प्रशिक्षक एलेग्रीको भविष्यवाणी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari

टुरी (एजेन्सी)-यसै सिजन रियल मड्रिडबाट युभेन्ट्स पुगेका पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले युभेन्ट्समा आफ्नो पहिलो गोल गर्ने प्रशिक्षक मासिमिलियनो एलेग्रीले भविष्यवाणी गरेका छन् । 

उनले आइतबार टुरिनमा हुने ससुओलोसँगको खेलमा रोनाल्डोले गोल गर्ने भविष्यवाणी गरेका हुन् । पाँच पटक विश्वका उत्कृष्ट खेलाडी बनेका रोनाल्डो जुलाई पछि युभेन्टसका लागि गोल गर्न सकेका छैनन् ।

‘आफ्नो पहिलो खेलमा रोनाल्डोले गोल पोस्टमा धेरै प्रहार गरे । तर उनले गोल पोस्टको जालि चुम्न सकेनन्,’ प्रशिक्षक एलेग्रीले भने । उनले थपे, ‘तर, उनले राम्रो गरि रहेका छन् र मलाई लाग्छ की रोनाल्डोले ससुआलोविरुद्धको खेलमा गोल गर्ने छन् ।’

जारी सिजनका तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दा समेत रोनाल्डोले युभेन्ट्सका लागि आफ्नो पहिलो गोल गर्न सकेका छैनन् । पहिलो खेलमा युभेन्ट्सले चिएभोलाई ३-२ ले पराजित गर्दा, दोस्रो खेलमा लाजिओलाई २-० ले पराजित गरेका थियो । 

त्यस्तै आफ्नो तेस्रो खेलमा पर्मालाई २-१ को संघर्ष पुर्ण जित निकाल्दा समेत रोनाल्डोले गोल गर्न सकेन । तीन खेल खेलेको युभेन्ट्सको ९ अंक सहित पहिलो स्थानमा छ भने चार खेल खेलेको नेपोली तीन खेलमा जित र एक खेलमा हार सहित दोस्रो स्थानमा छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।