मड्रिड (जेन्सी)-पहिलो आफ्नो तीन खेलमा जित हात पारेको रियल मड्रिड एथ्लेटिको विलवाओसँग बराबरीमा रोकिएको छ । रियाल विल्वाओसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
ला लिगा अन्तर्गत शनिबार राति विल्वाओको घरेलु मैदानमा भएको खेलमा रियाल एक गोलले पछि परेर बराबरी गर्न सफल भएको हो । विल्वाओका इकर मुनियनले खेलको ३२औं मिनेटमा मिनेटमा गोल गर्दै रियललाई पछि पारेको थियो । पहिलो हाफमा १-० ले पछि परेको रियलका लागि दोस्रो हाफमा इस्कोले एक गोल फर्काए ।
रियालले आक्रमक फुटबल खेल्दै दोस्रो हाफमा गोल गर्न सफल भयो । ६३औं मिनेटमा इस्कोले ग्यारेथ बेलको पासमा बराबरी गोल गर्न सफल भएकका थिए ।
त्यसपछि पनि रियालको पटक-पटकको आक्रमण प्रयास गरेपनि एथ्लेटिको विल्वाओको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।
बराबरीसँगै रियालले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दुरी बराबरी गर्ने मौका गुमाएको छ । रियालको ४ खेलबाट १० अंक छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको ४ खेलबाटै १२ अंक रहेको छ ।
रियाललाई बराबरीमा रोक्न सफल विल्वाओको ३ खेलबाट ५ अंकसहित चौथो स्थानमा छ । शनिबार राति नै एट्लेटिको मड्रिड इवारसँग १-१ गोलको बराबरीमा तथा भ्यालेन्सिया रियल बेटिसले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४