आइतबार, भदौ २३, २०८१

nespernesper

प्रदेश १ : स्वतन्त्र पार्टीको प्रभाव सुनसरीमा मात्रै

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव अन्य प्रदेशको तुलनामा प्रदेश १ मा कम देखिएको छ।
 |  बिहीबार, मंसिर ८, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, मंसिर ८, २०७९

विराटनगर- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव अन्य प्रदेशको तुलनामा प्रदेश १ मा कम देखिएको छ।

triton college

प्रदेश १ को सुनसरीका दुई निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता कायम गरेको छ। सुनसरी २ रास्वपाका उम्मेदवारले सुरुदेखि नै अग्रता कायम गरेका छन्। सुनसरी १ मा सुरुवातमा अग्रता कायम गरेको माओवादी केन्द्रलाई पनि रास्वपाका उम्मेदवारले पछि पारेका छन्।

सुनसरी बाहेक झापा र मोरङमा रास्वपाको प्रभाव कम देखिएको छ। 

सुनसरी १ र २ मा अग्रता

रास्वपाले सुनसरी निर्वाचन क्षेत्र नम्बरमा १ र २ मा अग्रता कायम गरेको छ। १ मा गोमा तामाङले ४ हजार ६५० मत ल्याएर अग्रता बढाएका छन्। उनलाई जनता समाजवादी पार्टीका अशोक राईले पछ्याइरहेका छन्। राईले ४ हजार २३६ मत ल्याएर पछ्याइरहेका हुन्। 

Metro Mart
vianet

यसअघि रास्वपाका तामाङ दोश्रो स्थानमा हुँदा राई तेश्रो थिए। सुनसरी २ मा रास्वपाका लालविक्रम थापाले शुरुवातदेखि नै अग्रता कायम गरिरहेका छन्। पछिल्लो परिणाम अनुसार थापाले ९ हजार ९२० मत ल्याएर अघि रहेका छन्। उनलाई एमाले उम्मेदवार प्रदेश १ का पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्यले ८ हजार ४६० मतका साथ पछ्याइरहेका छन्।

सुरुवाती अग्रता बनाएको सुनसरी ३ मा अहिले रास्वपा दोश्रो स्थानमा छ। एमालेकी भगवती चौधरीले ३ हजार ६८८ मतले अग्रता कायम राख्दा रास्वपाका कमलबाबु मैनाली ३ हजार २०४ मतका साथ पछ्याइरहेका छन्। 

नेपाली कांग्रेसका विजयकुमार गच्छदार २ हजार १० मतका साथ तेश्रो स्थानमा छन्। सुनसरी ४ मा  रास्वपाका उम्मेदवार तेश्रो स्थानमा छन्। एमालेका जगदिशप्रसाद कुसियैतले १० हजार २७६ मत ल्याएर अग्रता कायम राख्दा रास्वपाका जीवनकुमार श्रेष्ठले १ हजार ५३७ मत ल्याएका छन्। नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की ९ हजार ९६८ मतका साथ दोश्रो छन्।

मोरङ र झापामा तेश्रो र चौथो

मोरङ र झापाका रास्वपाको प्रभाव उस्तै छ। झापा र मोरङ तेश्रो चौथो स्थानमा छ। मोरङको क्षेत्र नम्बर १ मा रास्वपा तेश्रो छ। अग्रता कायम गरिरहेका एमाले उम्मेदवार घनस्याम खतिवडाको तुलनामा यसको मत आधाभन्दा कम छ। क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार तेश्रो स्थानमा रहे पनि मतका हिसाव नगन्य छ। एमालेका ऋषिकेश पोखरेलले १७ हजार २७ मत ल्याएर अग्रता लिइरहँदा रास्वपाका ठगेन्द्र न्यौपानेले २ हजार २१९ मत ल्याएका छन्।

क्षेत्र नम्बर ३ मा पनि रास्वपा चौथो स्थानमा छ। नेपाली कांग्रेसका सुनिल शर्माले २४ हजार ९६२ मत ल्याएर अग्रता कायम गरिरहँदा रास्वपाका विकास उप्रेतीले १ हजार ५९० मत ल्याएका छन्।

मोरङ ४ मा पनि रास्वपाका उम्मेदवार चौथो स्थानमा छन्। माओवादी उम्मेदवार अमनलाल मोदीले २५ हजार ३२४ मतका साथ अग्रता कायम गरिरहँदा रास्वपाका नेत्रप्रसाद शिवाकोटीले १ हजार ६९३ मत ल्याएका छन्।

मोरङ ५ मा रास्वपा पाचौं स्थानमा छ। स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) १६ हजार ४२६ मत ल्याएर अग्रता बनाइरहँदा रास्वपाका प्रमोद मण्डलले २ हजार १३३ मत ल्याएका छन्। 

मोरङ ६ मा रास्वपा चौथो स्थानमा छ। नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १९ हजार २ सयले अग्रता कायम गरिरहँदा रास्वपाका यादव प्रधानले ४ हजार १७७ मत  ल्याएका छन्। 

झापा १ मा रास्वपा तेश्रो स्थानमा रह्यो। नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले ३९ हजार ६२४ मत ल्याएर विजयी हुँदा रास्वपाका ओमनाथ भण्डारीले ८ हजार ५६४ मत ल्याएर तेश्रो स्थानमा रहे। झापा २ मा रास्वपाका उम्मेदवार चौथो स्थानमा छन्। एमालेका देवराज घिमिरेले २० हजार २६९ मत ल्याएर अग्रता बनाउँदा रास्वपाका रुद्र गिरीले ६ हजार १४९ मत सहित चौथो स्थानमा छन्।

झापा ३ मा रास्वपा तेश्रो स्थानमा भएपनि मत संख्या निकै कम छ। राप्रपाका राजेन्द्र लिङदेनले २८ हजार २४८ मत सहिग अग्रता कायम गर्दा रास्वपाका प्रकाश पाठकले २ हजार २७८ मत ल्याएका छन्। झापा ४ मा रास्वपा तेश्रो स्थानमा छ। एमालेका उम्मेदवार लालप्रसाद साँवाले १६ हजार ९१३ मत ल्याएर अग्रता कायम राख्दा रास्वपाका शम्भुप्रसाद ढकालले ८ हजार ३०१ म्त सहित तेश्रो छन्। उनले साँवाको तुलनमा आधा भन्दा कम मत ल्याएका छन्।

झापा ५ मा पनि रास्वापा तेश्रो स्थानमा छ। एमाले उम्मेदवार केपी शर्मा ओलीले ५२ हजार ३१९ मत ल्याएर अग्रता कायम राख्दा रास्वपाका सुरेशकुमार पोखरेलले ११ हजार ७५९ मत ल्याएर तेश्रो स्थानमा छन्।  

पहाडी जिल्लामा छैन प्रभाव

रास्वपाको प्रभाप पूर्वी पहाडी जिल्लामा छैन। पाँचथरमा सातौं स्थानमा छ। एमालेका बसन्त नेम्वाङले १५ हजार ६०५ ल्याएर अग्रता कायम गर्दा रास्वपाका दलप्रसाद लिङ्देनको २२४ मत छ। इलाम २ मा छैठौं स्थानमा छ। एमालेका सुवास नेम्वाङले ११ हजार ६२१ मत सहित अग्रता कायम राख्दा रास्वपाका प्रकाश सापकोटाका ४४६ मत छ। 

संखुवासभामा पनि रास्वपा छैठौं स्थानमा छ। नेपाली कांग्रेसका दीपक खड्काले १० हजार ८८५ मत ल्याएर अग्रता बनाउँदा रास्वपाका भक्तनारायण श्रेष्ठका २२७ मत छ। भोजपुरमा पाँचौं स्थानमा छ। नेकपा माओवादी केन्द्रका सुदन किरातीले १४ हजार ७८२ मत ल्याएर अग्रता बनाउँदा रास्वपाका सनमछिरिङ शेर्पाका ३०९ मत रहेको छ। ओखलढुङ्गामा रास्वपा चौथो स्थानमा रह्यो। 

नेपाली कांग्रेसका रामहरि खतिवडाले ३३ हजार ५५६ मत ल्याएर विजयी हुँदा रास्वपाकी शोभ कार्कीले ७१४ मत ल्याईन। उदयपुर १ मा रास्वपा चौथो स्थानमा छ। नेपाली कांग्रेसका डा. नारायण खड्काले १ हजार २५५ मत ल्याएर अग्रता बनाउँदा रास्वपाका उद्धव अधिकारीको १२० मत रहेको छ। उदयपुर २ मा रास्वपा पाँचौं भएको छ। एमाले उम्मेदवार अम्वरबहादुर रायमाझीले १५ हजार २५१ मत ल्याएर विजयी हुँदा रास्वपाका अनिल कुमार श्रेष्ठले ९१० मत ल्याएका छन्।

प्रकाशित: Nov 24, 2022| 11:51 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...