शनिबार, चैत १४, २०८२

रोनाल्डो बाहिरिदा बेन्जामिनको उत्कृष्ट पुनरागमन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी– फ्रान्स तथा रियल मड्रिडका फर्वाडर करिम बेन्जेमा ला लिगाको जारी सिजनमा शीर्ष स्कोरकर्ताको सुचिमा परेका छन् । उनी अर्जेन्टिना तथा बार्सिलोनाका सुपस्टार लियोनल मेस्सीसँगै शीर्ष स्थानमा परेका हुन् । मेस्सी र बेन्जेमाको समान चार चार गोल रहेको छ ।

जारी सिजनका उनले मात्र तीन खेल खेलेका छन् । २००९ मा रियलमा अनुबन्धित भएका करिमले गत सिजन लिगका ३२ खेलमा मात्र ५ गोल गरेका थिए । रियलका लागि हाल सम्म लिगका २७९ खेल खेल्दै उनले १३१ गोल गरेका छन् ।

यससँगै रियल मड्रिडका स्पेनिस प्रशिक्षक जुलेन लोपेटेगुइले करिमको प्रशंसा गरेका छन् । ‘म आश्चर्यचकित छु । उनी एक महान फुटबलर खेलाडी हुन् । हामी चाहन्छौ की उनले जे गरि रहेका छन् त्यो भन्दा पनि उत्कृष्ट गरुन,’ लोपेटेगुइले शनिबार एक पत्रकार सम्मेलनमा भने । लोपेटेगुइले बेन्जेमाको सुधारका लागि आफुले सम्मन लिन मानेन् । उनले भने, ‘खेलाडी त्यो हो जसले कठिनाईमा खेल्छन् र सफलता प्रप्त गर्द छन् ।’

वेल्स राष्ट्रिय टिमका स्टार ग्यारेथ बेल अन्तर्राष्ट्रिय टिमबाट फर्किदा एक उत्कृष्ट लएमा फर्किने छन् भन्दै प्रशिक्षक लोपेटेगुइले प्रष्ट पारे । आउने बिलबाओविरुद्धको खेलका लागि उपयुक्त समय हुने बताएका छन् । उनले भने, ‘बेल वेल्सको खेलबाट ठुलो आकारमा फर्किने छन् । उनले आइतबार वेल्सका लागि अन्तिम खेल खेलेका थिए र आरामको समय मिलेको छ ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।