एजेन्सी–मड्रिड-रियल मड्रिडका प्रशिक्षक जुलेन लोपेटेगुइले संयुक्त राज्य अमेरिकामा हुने ला लिगा खेल आयोजनाका बरेमा आलोचना गरेका छन् । प्रशिक्षक लोपेटेगुइले यस योजनाले क्लबको प्रतिस्पर्धा कमजोर गर्ने आरोप लगाएका हुन् ।
मंगलबार बार्सिलोनामा गिरोना र ला लिगाले स्पेनिस फेडरेशन (आरएफइएफ)सँग सोधेको थियो की क्लबका लागि एक खेल अमेरिकामा स्थानान्तरण गर्ने अनुमति छ । गिरोनासँगको बार्साको खेल २६ जनवारीमा मियामीको हार्ड रक स्टेडियममा आयोजना हुने तए भएको छ । तर, स्पेनीस राष्ट्रिय टिमका पुर्व प्रशिक्षक लोपेटेगुइले यसको पक्षमा नरहेको बताएका छन् ।
उनले भने, ‘यस प्रतिस्पर्धाले समानताको फाइदा हुनै छैन् । सबै टिमले एकै स्टेडियममा खेल्न पाउनु पर्छ ।’ उत्तरी अमेरिकामा खेलको सरकारी निकाय आरएफइएफ, युएस सोकर फेडरेशन, युइएफए र कनक्याफले खेललाई अगाढि बढाउन अनुमति दिनु पर्ने आवश्यकता देखिन्छ । आरएफइएफका अदक्ष्य लुइस रुबियल्सले पहिला युएस खेलकाविरुद्ध कुरा गरेका थिए ।
स्पेनिस खेलाडी संघ (एएफइ) ले पनि यस अघि खेलको विरोध गरेको थियो । सोमबार ला लिगासँगको बैठक पछि भनेको थियो की खेलाडीलाई अन्तिम निर्णय दिनु पर्छ । स्पेनको सबै भन्दा ठुलो फुटबल प्रतियोगिता ला लिगा, अमेरिकी मिडिया कम्पिनी रिलेभेन्टसँग १५ बर्षे सम्झौता अनुसार अमेरिकामा एक खेल खेलाउन तयार रहेका छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४