बिहीबार, वैशाख ३१, २०८३

छोरीसँगै काठमाडौं उत्रेका गोबिन्दाको तीन दिने बसाइ यस्तो छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
बलिउडका चर्चित अ‍ेभिनेता गोविन्दा छोरी टिनालाई लिएर शनिबार काठमाडौं आइपुगेका छन् । 

तीन दिने नेपाल बसाईका क्रममा गोबिन्दाले पशुपतिनाथ मन्दिरको दर्शनका साथै चन्द्रागिरीमा केबुरकार चढ्न पुग्नेछन् ।

आइतबार राजधानीमा आयोजना गरिने एलजी सिनेमा सर्कल अवार्डको विशेष अतिथिका रुपमा कार्यक्रममा सहभागिताका लागि काठमाडौं आएका गोबिन्दालाई अवार्ड आयोजक समितिका अध्यक्ष दिनेश डिसीलगायतका कलाकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेका छन् । 

अर्वाड समारोहमा उनले वरिष्ठ फिल्म निर्देशक किशोर रानालाई ‘लाइफटाइम अचिभमेन्ट अर्वाड’ प्रदान गर्नेछन् । 

बलिउडका चर्चित अभिनेता गोबिन्दाले नेपाली चेली सुनिता आहुजासँग वैवाहिक सम्बन्ध गाँसेकाले पनि उनको माया नेपालप्रति धेरै छ । त्यसैले आफ्नो खाली समयमा उनी नेपाल घुम्न रुचाउने भएकाले धेरै पटक नेपाल आएका छन् । 

नेपालको भूमी टेक्दा आफूलाई प्रेम र शाहस मिल्ने भन्दै आफूलाई माया गर्ने सबै नेपाली प्रति आभार प्रकट गर्ने गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्