शनिबार, चैत १४, २०८२

पेरिसमा रोनाल्डोले चार तारे होटेल खोल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पेरिस (एजेन्सी)-पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पेरिसको गौचे नदी नजिक छैठौं संस्करणको ‘सीआर७’ नामक होटेलको स्थापना गर्ने भएका छन् । अन्य होटल जस्तै यस होटेललाई पनि क्रिस्टियानो रोनाल्डो र पोर्चुगिज होटेल समूह पेस्टानासँगको साझेदारीमा बनाइने छ ।

रोनाल्डोका अनुसार यो होटेल अन्य होटेल भन्दा ठुलो हुने बताइएको छ । २१० कोठको योजना रहेको यो होटेल २०२१ मा पुर्ण रुपमा तयार हुने बताइएको छ । ‘पेरिसमा पेस्टाना सीआर७ ब्रान्डको लागु गर्नका लागि राम्रो हुनेछ । दुनियामा सबै भन्दा बढि पर्यटक भित्रिने शहर मध्येको एक यस शहरमा ब्रान्ड स्थापित गर्नु रोम्रो हुने छ,’ रोनाल्डोले भने ।

पेस्टाना होटेल समूहका मुख्य विकास अधिकारी जोसे रोक्वुटे पेरिसको घोषणाका लागि उत्साहित रहेका छन् । जोसेले भने, ‘दुनियाको शीर्ष पर्यटन स्थल मध्ये एक हो र पेस्टाना सीआर७ लाइफस्टाइल होटेल ब्रान्ड हुनु झन आफ्नो लागि सम्मान हुने छ । यसै उपलब्धिकासाथ हामी आफ्नो अन्तर्राष्ट्रिय विस्तारमा ध्यान दिइरहेका छौ ।’

रोनाल्डो र पेस्टानाले २०१६ मा पोर्चुगलमा आफ्नो पहिलो दुई होटेल खोलेका थिए । अब तीन होटेल मड्रिड, न्युयोर्क र माराकेचमा २०२० सम्म तयार हुने बताईएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।