शुक्रबार, साउन १, २०८३

नेयमार र एमबाप्पेविनै पीएसजीको सानदार जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पेरिस (एजेन्सी)-टिमका मुख्य खेलाडी नेयमार र केलियन एमबाप्पेविनै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । फ्रेन्च लिग वान अन्तर्गत शुक्रबार राति भएको खेलमा पीएसजीले सेन्ट इटिनीमाथि ४–० को सानदार निकालेको हो ।

एसजीको जितमा जुलियन ड्राक्सलर, एडिन्सन काभानी, एन्जल डि मारिया र मौसा डिवेले गाल गरे । घरेलु मैदानमा स्टार खेलाडीद्धय नेयमार र एमबाप्पेलाई विश्राम दिइएको खेलमा पीएसजीले २३औं मिनेटमा जुलियन ड्राक्सलरको गोलबाट खेलमा अग्रता बनाएको थियो । जुलियनले मार्काे भेराट्टीको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा १–० को अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा ३ गोल गर्न सफल भएको थियो । ५१औं मिनेटमा काभानीले पेनाल्टीमार्फत गोल गर्दै २–० को अग्रता दिलाएका थिए । ४९औं मिनेटमा पेनाल्टी पाएपनि भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को सहायता पेनाल्टी पाएको थियो । जसमा काभानी चुकेनन् ।

७६औं मिनेटमा डि मारियाले गोल गर्दै पीएसजीलाई फराकिलो अग्रतातर्फ अग्रसर गराएका थिए । खेल सकिन ४ मिनेट बाँकी रहँदा काभानीको पासमा मौसा डिवेले गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो जित दिलाए ।

डिफेन्डिङ च्याम्पियन समेत रहेको पीएसजीले लगातार पाँचौ जित निकाल्दै १५ अंक जोडेर यो सिजन पनि उपाधिको दावेदारको रुपमा उभिएको छ । पीएसजीसँग पराजित भएको सेन्टको ६ अंकसहित १२औं स्थानमा छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।