काठमाडौं- पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध केलियन एमबाप्पे बिना मैदानमा उत्रिदैंछ। समूह ‘सी’ मा रहेको पिएसजीले लिभरपुलको घरेलु मैदानमा उसको सामना गर्दै छ। पिएसजीले आफ्नो युवा स्टार एमबाप्पेलाई लिभरपुलविरुद्धको सेप्टेम्वर १९ तारिखमा हुने खेल मैदानमा धेरै सम्झने छ।
एमबाप्पेलाई निमेसविरुद्धको खेलमा रातो कार्ड दिइएको थियो। बाप्पेलाई निमेसका खेलाडी टेजे साभानिएरलाई फाउल गरेको भन्दै खेलको इनजुरी समयका रातो कार्ड पाएका थिए।
यससँगै उनी तीन खेलाका लागि मैदान बारिर रहेका छन्। बाँकी व्यक्ती एमबाप्पेलाई असर गर्न सक्दैनन्। किनकी उनी बिहिबार पार्कडेस प्रिन्सेजमा थिए। जहाँ क्लबको नाइके जोर्डन ब्रान्डद्धारा चमकदार समारोहमा एक नयाँ युरोपिय जर्सी लन्च गरेका थिए। एमबाप्पेले फ्रन्सका लागि पछिल्ले हप्ता मात्र नेदरल्यान्डविरुद्ध २-१ ले जितेको थियो।
च्याम्पियन्स लिगमा पछिल्लो दुई बर्ष यता पिएसजी शिर्ष १६ बाट बाहिरिएको थियो । यो पिएसजिका लागि परिक्षण समय पनि हो।
नेयमारलाई समस्यामा?
पिएसजीले लिग-एकका पहिला आफ्ना चार खेलमा जित दर्ता गरेको छ। यससँगै पिएसजीले घरेलु लिगमा शान्त सुरुवात गरेका छ । पिएसजीलाई पार्क डेस प्रिन्सेजको यात्रा अहिले सम्मकै कठिन हुन सक्छ।
किनकी पिएसजीका अर्का स्टार खेलाडी नेयमार यस खेलमा ९० मिनेट खेले पनि उनलाई दबाब रहने छ। युएसमा एल साल्भाडोरविरुद्धको खेलमा ब्राजिलले ५-० ले जित निकाल्दा विश्वकै महंगा खेलाडी नेयमार लयमा आएको महसुस भएको थियो।
जहाँ नेयमारले पेनाल्टी मार्फत खेलको ४ मिनेटमा नै गाल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। ‘यस खेलाका लागि जोखिम के हो ? यसका बारेमा हो । यो महत्वपुर्ण हो की यस खेलमा नेयमारले हाम्रा लागि खेल जित्ने छन्।’
प्रशिक्षक तुचेलले भने, ‘हामी अर्को खेलमा हेर्ने छौ । तर, उत्कृष्ट खेलाडी धेरै खेल खेल्न सक्छन् र यसका लागि हामी निर्णय धेरै सावधानि पुर्वक लिनेछौ ।’ उनले थपे, ‘मलाई आसा छ की कोहि पनि यस खेलका लागि सोचिरहेका छन्। यो मेरा लागि धेरै महत्वपुर्ण हो।’
पिएसजीले नयाँ अनुबन्धित खेलाडी जुआन बर्नाटलाई यस खेलमा आफ्नो उहिलो उपस्थितीको रुपमा मौका दिन सक्छन्। उनलाई १५ मिलियन युरोमा क्लबले अनुबन्ध गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४