मंगलबार, असार ९, २०८३

विराटनगरमा तीन क्षेत्रको मतगणना सुरु

आदर्श माद्यामिक विद्यालय विराटनगरमा तीन क्षेत्रको मतगणना सुरु भएको छ।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

विराटनगर- आदर्श माद्यामिक विद्यालय विराटनगरमा तीन क्षेत्रको मतगणना सुरु भएको छ।

National life

क्षेत्र नम्बर ४, ५ र ६ को प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए। उनका अनुसार आदर्श माविको माथिल्लो तलामा क्षेत्र नम्बर ६, तल्लो तलामा क्षेत्र नम्बर ४ र आदर्शको इन्जिनियरिङ ब्लकमा क्षेत्र नम्बर ५ को प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको हो। 

सोमबार विहान बसेको सर्वदलिय बैठकमा प्रतिनिधि सभा, प्रदेशसभा र समानुपातिकको एकै पटक मतगणना गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत ढुङ्गेलले बताए। 

विराटनगर बाहिर क्षेत्र नम्बर १, २ र ३ को संवन्धित निर्वाचन क्षेत्रमा नै मतगणना हुँदैछ। १ नम्बर क्षेत्रको उर्लाबारी नगरपालिका, २ नम्बरको रतुवामाइको विश्वनाथ मन्दिर र ३ नम्बरको बेलबारीको भगवती माद्यामिक विद्यालयमा मतगणना सुरु हुँदैछ। 

मोरङ कुल ७ लाख ३५ हजार ५२५ मतदाता रहेकोमा आइतबार भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ४ लाख ८७ हजार ४७ मत खसेको थियो।

Shivam cement

दिउँसो १ बजेदेखि मतगणना सुरु हुने जानकारी पाएका उम्मेदवारका समर्थक शुभेच्छुकहरूको अहिले आदर्श मावि परिसर बाहिर उल्लेख्य भीड लागेको छ।

प्रकाशित: Nov 21, 2022| 13:42 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...