शुक्रबार, मंसिर १२, २०८२

मुस्ताङमा २९ वर्षे योगेश गौचन निर्वाचित

प्रतिनिधिसभा निर्वाचन २०७९ को पहिलो मतपरिणाम आएको छ। एकमात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन्।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन २०७९ को पहिलो मतपरिणाम आएको छ। एकमात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन्। 

National life

आज सकिएको मतगणनामा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन्। उनले एमालेका निवर्तमान सांसदसमेत रहेका ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरे।

गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे। योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन्। २०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए।

यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत ल्याए।

मुस्ताङको जनसंख्या ११ हजार ५९३ रहेको छ। यस जिल्लामा मतदाता भने १० हजार ९५७ रहेका छन्। हिजो भएको निर्वाचनमा ७ हजार २३० मत खसेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 21, 2022| 11:43 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।