काठमाडौं- बैतडीको पाटनमा प्रहरी कर्मचारी सवार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मतपेटिका पुर्याएर फर्किने क्रममा जिप दुर्घटनामा परेको हो।
आज बिहान पाटन नगरपालिकाको थुम भन्ने ठाउँमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनामा परेकाहरुको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिप सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ।