मंगलबार, असार ९, २०८३

काठमाडौं-१ र ४ मा राति १० बजेदेखि मतगणना थाल्ने तयारी

ठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ र ४ मा आइतबारै राति १० बजेदेखि मतगणना गर्ने तयारी गरिएको छ।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

काठमाडौं- काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ र ४ मा आइतबारै राति १० बजेदेखि मतगणना गर्ने तयारी गरिएको छ। मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले यी दुई क्षेत्रबाट मतगणना थाल्ने सहमति भएको जानकारी दिए।

National life

यी दुई क्षेत्रका सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको र सर्वदलीय बैठकबाटसमेत सहमति जुटेको उनको भनाइ छ। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले एक क्षेत्रको कम्तीमा चार टोलीले गणना गर्ने जानकारी यसअघि नै दिइसकेका छन्। प्रतिनिधि सभा प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभाका पनि प्रत्यक्ष र समानुपातिकको मतपेटिका छुट्टाछुट्टै कायम गरिएकाले चार स्थानमा गणना गर्दा देशभरको गणना चाँडो हुने उनको भनाइ छ। आयोगकै निर्देशन अनुसार गणना गर्ने तयारी छ। 

काठमाडौं–१ को मतगणना संघीय संसद् भवन रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा गरिने छ। काठमाडौं–४ को गणना बुढानीलकण्ठस्थित जेष्ठ नागरिक आश्रममा हुनेछ।

काठमाडौंका अन्य क्षेत्रको मतपेटिका संकलन सकिएको र सर्वदलीय बैठक चलिरहेकाले त्यसले गर्ने निर्णयका आधारमा मतगणना हुनेछ। काठमाडौं–३ मा भने सोमबार बिहानबाट मतगणना थाल्ने सहमति छ।

Shivam cement

प्रकाशित: Nov 20, 2022| 21:32 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...