मंगलबार, असार ९, २०८३

६१ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

निर्वाचनमा अपेक्षकृत कम मतदान भएको उनको भनाइ छ। यद्यपि मतदानको विवरण संकलनको काम भइरहेकाले मतदानको प्रतिशत केही बढ्न सक्ने उनको विश्वास छ।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

काठमाडौं- यसपालिको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भिक आकलन गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसपालिको चुनावमा ६१ प्रतिशत मतदान भएको जानकारी दिएका हुन्। 

National life

निर्वाचनमा अपेक्षकृत कम मतदान भएको  उनको भनाइ छ। यद्यपि मतदानको विवरण संकलनको काम भइरहेकाले मतदानको प्रतिशत केही बढ्न सक्ने उनको विश्वास छ। प्रदेश १ अपेक्षाकृत कम मतदान भएको र मधेशमा ६५ प्रतिशत भएको उनको भनाइ छ। 

छिटफुटबाहेक शान्तिपूर्ण र उत्साहपूर्ण भएको भन्दै उनले निर्वाचनसँग जोडिएका सबैलाई धन्यवाद दिएका छन्। 

देशका १५ मतदानस्थानमा मतदान स्थगित भएको समेत उनले जानकारी दिए। स्थगित भएका स्थानमा २ दिनभित्र मतदान निर्देशन दिइसकिएको समेत उनले जानकारी दिए। 

बाजुराको त्रिवेणी नगरपालिकामा दोहोरो झडपमा एक जनाको ज्यान गएको छ। 

Shivam cement

प्रकाशित: Nov 20, 2022| 19:57 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...