शनिबार, भदौ २०, २०८३

काठमाडौंका यी १० स्थानमा हुँदैछ मतगणना

१० वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ। कार्यालयका अनुसार मतपेटिका संकलनपछि आइतबारै रातिदेखि मतगणना प्रारम्भ गर्ने तयारी छ।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

काठमाडौं- काठमाडौंका १० स्थानमा मतगणना हुने भएको छ। १० वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ। कार्यालयका अनुसार मतपेटिका संकलनपछि आइतबारै रातिदेखि मतगणना प्रारम्भ गर्ने तयारी छ। 

काठमाडौं–१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा र क्षेत्र नं. ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुनेछ।

काठमाडौं–५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, काठमाडौं-६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, काठमाडौं-७ को बालाजुस्थित जुडो हलमा र काठमाडौं-८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा गणना हुनेछ। 

यसैगरी, काठमाडौं-९ को रविभवनस्थित न्याथम कलेजमा र काठमाडौं-१० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गर्ने तयारी छ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार मतपेटिका संकलनको काम सुरु भएको छ। काठमाडौंमा ५५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ। 

प्रकाशित: Nov 20, 2022| 18:02 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...