मंगलबार, असार ९, २०८३

थबाङले पुन: चुनाव बहिष्कार गरेको हो?

 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९
National life
Shivam cement
माओवादी नेताहरुले जनयुद्धको रणनीति बनाएको, सशस्त्र द्वन्द्वको बेला माओवादीको आधार इलाका रहेको क्षेत्र हो रोल्पाको थबाङ। थबाङलाई आधार बनाएर सुरु भएको जनयुद्ध देशैभरि फैलिएर १० वर्षसम्म चलेको थियो। त्यसैले बिद्रोहीको भूमि भनेर चिनिन्छ-थबाङ। 

माओवादी आधार इलाका मानिने थबाङले २०७० को दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको थियो। तर ०७४ मा भने थबाङ पुन: मतदानमा सहभागी भएको थियो।

आइतबार देशैभर आठौँ आम निर्वाचनका लागि मतदान चलिरहँदा सामाजिक सञ्जालमा थबाङले भने पुन: चुनाव बहिष्कार गरेको हल्ला फैलियो। सामाजिक सञ्जालमा विभिन्न पेज र व्यक्तिगत अकाउन्टमार्फत पोस्ट गरिएका स्टाटसमा दिउँसो २ बजेसम्म थबाङमा एउटा पनि मत नखसेको दाबी गरिएको छ। 

तर थबाङले पुन: चुनाव बहिष्कार गरेको भनी सामाजिक सञ्जालमा आएका पोस्टहरु अफवाह मात्रै भएको जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन अधिकृत पदम बहादुर डाँगीले दिउँसो २ बजेसम्म करिब ३५ प्रतिशत मत खसिसकेको दाबी गरे। 

"सामाजिक सञ्जालमा थबाङमा मत नखसेको भन्दै भाइरल भइरहेका पोस्ट मैले पनि देखेँ, तर त्यो मिथ्या हो। यहाँ शान्तिपूर्ण मतदान चलिरहेको छ," उनले भने, "सर्भरले काम नगरेकाले ठ्याक्कै यति नै मत खस्यो भन्न सक्ने अवस्था छैन, तर करिब ३५ प्रतिशत मत खसिसकेको छ।"
प्रकाशित: Nov 20, 2022| 14:56 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...