मंगलबार, असार ९, २०८३

प्रकाशमानलाई रविन्द्रको जवाफ: तपाईंलाई विश्राम चाहिएको छ, काठमाडौंका मतदातालाई म

सिंहले भने, 'तपाईँलाई विश्राम चाहिएको छ, काठमाडौ-१ का मतदातालाई अब म चाहिएको छ।"
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

काठमाडौं– नेपाली का‌ंग्रेसका नेता प्रकाशमान सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र काठमाडौं १ बाट प्रतिनिधिसभा उम्मेदवार छन्।

National life

संसद्‌मा पहिलो 'इन्ट्री' गर्न खोजिरहेका मिश्र र चौथो जितको लागि प्रयासरत सिंहबीच आइतबार मतदानपछि भेट भयो।काठमाडौंस्थित रत्नराज्य महादेवस्थान केन्द्रमा भेटिएका दुई प्रतिस्पर्धीले एकअर्कालाई देखेलगत्तै मुस्कुराएर आतिथ्य प्रकट गरे। 

सिंहले वार्ताकै क्रममा रविन्द्रलाई भने, "मनोनयन दर्तामा भेट भाथ्यो, आज भेटियो। अब ५ बर्षपछि भेटौँला।"

सिंहको उक्त अभिव्यक्तिलगत्तै मिश्रले उनलाई विश्राम गर्न सुझाव दिए। उनले भने, "अब अर्को पटक उम्मेदवारकारूपमा सम्भवत: हाम्रो भेट नहोला। किनकी तपाईँलाई विश्राम चाहिएको छ, काठमाडौ-१ का मतदातालाई अब म चाहिएको छ।"

काठमाडौं १ मा मिश्र र सिंहसहित एमालेका तर्फबाट किरण पौडेल तथा पुकार बमले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।

Shivam cement

प्रकाशित: Nov 20, 2022| 14:20 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...