मंगलबार, असार ९, २०८३

कञ्चनपुरबाट नेकपा बहुमतका ८ जना पक्राउ

कञ्चनपुरबाट नेकपा बहुमतका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भीमदत्त नगरपालिका- ४ भृकुटी मावि मतदान केन्द्रबाहिर निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले जिल्ला इन्चार्ज हरिष दयाललगायतलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो ।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

कञ्चनपुर- कञ्चनपुरबाट नेकपा बहुमतका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भीमदत्त नगरपालिका- ४ भृकुटी मावि मतदान केन्द्रबाहिर निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले जिल्ला इन्चार्ज हरिष दयाललगायतलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो ।

National life

बिहान करिब साढे ९ बजे दयाल नेतृत्वको समूहले मतदान स्थल बाहिर पर्चा पम्प्लेट देखाएर चुनावको विरोध जनाएको थियो।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको कमाण्डमा रहेको टोलीले कञ्चनपुरको बेदकोट नगरपालिका- ७ गाउजीका ४२ वर्षीय हरिष दयाल, भिमदत्त नगरपालिका ९ मटेनाका २४ वर्षीय दीपेन्द्र ऐरी, वडा नम्बर १ बाराकुण्डाका ३० वर्षीय सुरेन्द्र धानुक र वडा नम्बर ८ तिलाचौरका २१ वर्षीय विरेन्द्र नाथलाई पक्राउ गरेको हो।

यसैगरी भीमदत्त नगरपालिका २ उल्टाखामका २४ वर्षीय सुरज मल्ल, भिमदत्त नगरपालिका ९ मटेनाका २१ वर्षीय सुरेश नाथ ,वडा नम्बर १८ कटानका ३० वर्षीय वीरेन्द्र शाह र शुक्लाफाँटा नगरपालिका-८ मणिकाधामका ४० वर्षीय नक्साल विष्टलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 20, 2022| 12:10 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...