मंगलबार, असार ९, २०८३

विवेकपूर्ण मतदान गर्न जसपा नेता राईको आग्रह

जनता समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राईले निर्वाचन लोकतन्त्रको एउटा महाकुम्भ भएको भन्दै त्यसमा सहभागी हुन सम्पर्ण मतदातालाई अपिल गरेका छन्।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

बाँके- जनता समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राईले निर्वाचन लोकतन्त्रको एउटा महाकुम्भ भएको भन्दै त्यसमा सहभागी हुन सम्पर्ण मतदातालाई अपिल गरेका छन्। 

National life

पूर्वभौतिक योजना तथा यातायातमन्त्रीसमेत रहेका राईले नेपालगन्ज-१५ स्थित मतदान केन्द्रमा आइतबार बिहानै मतदान गरिसकेर सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिनेक्रममा यस्तो बताएका हुन्। 

उनले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष आम निर्वाचन भएको भन्दै विवेकपूर्ण मतदान गर्न सबैलाई आह्वान गरेका हुन्। 

‘निस्पक्ष र भयरहित मतदान नै लोकतन्त्रको सुन्दर पक्ष हो। यो देशको लोकतन्त्रका लागि चुनाव एउटा महाकुम्भजस्तै हो। यो मतदानमा सहभागी भएर आफ्नो कर्तव्य निर्वाह गर्न म सबै मतदाताहरूलाई अपिल गर्दछु,’ उनले भने। 

राईले आगामी पाँच वर्षका लागि आफ्नो क्षेत्रको विकास, समृद्धि र समग्र देश अनि आफ्ना प्रदेशहरूको भविष्यका लागि मतदान गर्दा आफूले रोजेको र योग्य व्यक्तिलाई मत दिन पनि आग्रह गरे। 

Shivam cement

‘आफूले चाहेको, रोजेको अनि आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि मतदान गर्नु हरेक मतदाताको कर्तव्य हो,’ उनले भने, ‘म सबै मतदाताहरूलाई आफ्नो विवेकपूर्ण मतदानका निम्ति आह्वान गर्दछु।ताकि हाम्रो आफ्नै रोजाइ आगामी पाँच वर्षका लागि पछुतो नहोस्।’

प्रकाशित: Nov 20, 2022| 11:16 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...