शनिबार, चैत १४, २०८२

भारतसँगको यू–१९ एकदिवसीय सिररिजमा नेपालको दोस्रो हार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-भारतमा जारी चौकोणीय यू-१९ एकदिवसीय क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । लगातार दोस्रो हार बेहोर्ने क्रममा नेपाल शुक्रबार भारतको ए टोलीसँग ८ विकेटले पराजित भएको हो । दोस्रो हारसंगै सिरिजको फाइनल खेल्ने नेपालको सम्भावना कमजोर बनेको छ । 

लखनउमा पहिले टस जितेर ब्याटिङ गरेको नेपालले १५७ रनको लक्ष्य सुम्पेको थियो । उक्त लक्ष्य भारतले २४.१ ओभर मात्र २ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा वाई भी राठोदले अविजित ५९ तथा प्रभसिमरण सिंहले अविजित ४६ रन जोडे । 

यस्तै कप्तान अनुज रावतले ४७ रन जोडे । नेपालका पवन शारफ र कमल सिंह ऐरीले समान १-१ विकेट लिए । यसअघि नेपालले ४५ ओभर ५ बलमा अलआउट हुँदै १५६ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले ६६ रनको अर्धशतकीय इनिङस खेले । 

यस्तै तृत राज दासले ४६ रन जोड्दा भिम सार्कीले २८ रन जोडे । भारतका अजय देव गड र याई डी माङवानीले ४-४ विकेट लिए  । अब नेपालले अफगानिस्तानको यू-१९ टोलीसँग खेल्नेछ । यस अघि पहिलो खेलमा नेपाल भारतको यू-१९ को बि टिमँंग ४० रनले पराजित भएको थियो । 

भारतको ए टिमको भने यो लगातार दोस्रो जित हो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।