मंगलबार, असार ९, २०८३

मतदान केन्द्रभित्र पटका पड्काइएपछि मोरङ बुढीगंगाको मतदान स्थगित

मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मोरङको बुढीगंगामा मतदान स्थगित भएको छ।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

विराटनगर- मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मोरङको बुढीगंगामा मतदान स्थगित भएको छ। 

National life

बूढीगंगा गाउँपालिका-१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो। 

लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्र भित्रै विष्फोटको ठूलो आवाज आएको थियो। 

विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो। बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। 

मतदाताबीच भगदौड मच्चिएपछि केहीबेरका लागि मतदान स्थगित भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। पुनः मतदान सुरु गर्ने तयारी भइरहेको उनले बताए। उनले मतदान केन्द्रभित्र कसले पटका लग्यो र पड्कायो भन्ने बारेमा अनुसन्धान भइरहेको बताए।

Shivam cement

प्रकाशित: Nov 20, 2022| 10:02 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...