मंगलबार, असार ९, २०८३

मोरङमा उत्साहजनक रूपमा मतदान सुरु

मोरङमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतदान उत्साहजनक रूपमा सुरु भएको छ।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

विराटनगर- मोरङमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतदान उत्साहजनक रूपमा सुरु भएको छ। 

National life

मोरङका अधिकांश मतदान केन्द्रहरुमा ७ बजे नै मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए। केही मतदान केन्द्रहरुमा प्राविधिक कारण निर्धारित समय भन्दा केही ढिला भएको थियो।

मोरङका ८३९ वटै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको मोरङ प्रहरीका प्रमुख शान्तिराज कोइरालाले बताए। 

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर मोरङमा १३ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ। निर्वाचन सम्पन्न गराउन ७ हजारभन्दा बढी सुरक्षाकर्मी र ६ हजारभन्दा बढी कर्मचारी परिचालन गरिएका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। 

मतदानस्थल ३ सय ६ वटा रहेको मोरङमा ८ सय ३९ वटा स्थायी र २ वटा अस्थायी मतदान केन्द्र छन्। मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाता छन्। जसमा ३ लाख ७४ हजार ३ सय २६ पुरुष र ३ लाख ६१ हजार १ सय ९३ महिला छन्।

Shivam cement

मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन्।

प्रकाशित: Nov 20, 2022| 09:01 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...