काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि नयाँ सदस्य चुन्न देशभर मतदान सुरू भएको छ। आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ।
प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुँदैछ। चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले भाग लिँदै छन्। मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ।
देशैभर मतदाताहरू उत्साहप्रद रुपमा आफूले रुचाएको जनप्रतिनिधि छान्नका लागि मतदान गरिरहेका छन्।
प्रस्तुत छ नेपाल समय कर्मी दिनेश श्रेष्ठ र राससको सहयोगमा तयार पारिएको फोटो फिचर।
-1668913319.jpeg?p=480X320&s=c8035ca9285dc81fb2caa89f5e64dd5e)
-1668913319.jpeg?p=480X320&s=b44ad5686d6ccf4bbd2f93a71dcda6c6)
-1668913319.jpeg?p=480X320&s=7ad138b2d7e47703d7dbcc97ea29949d)
-1668913319.jpeg?p=480X320&s=fcc1270b395a4ef16a79c76003991a16)
-1668913319.jpeg?p=480X320&s=7af89a9c424a79c75037b114efbc7c9a)



