मंगलबार, असार ९, २०८३

मतदाता परिचयपत्र नभए के गर्ने?

आज देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ। मतदान गर्न जाँदा मतदाता परिचयपत्र देखाउनुपर्ने हुन्छ।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

काठमाडौं- आज देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ। मतदान गर्न जाँदा मतदाता परिचयपत्र देखाउनुपर्ने हुन्छ।

National life

तर, निर्वाचन आयोगले मतदाता परिचयपत्र नभएको तर मतदाता नामावलीमा नाम भएको व्यक्तिले परिचय खुल्ने अन्य सरकारी कागजात देखाएर मतदान गर्न सक्छन्।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आयोगले तोकेबमोजिमको आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी पुर्जा, सवारी अनुमतिपत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचयपत्र देखाएर पनि मतादन गर्न सकिन्छ।

“मतदान गर्न जाँदा साथमा आफ्नो मतदाता परिचयपत्र लिएर जानुहोस्। यदि, मतदाता परिचयपत्र नभए आयोगले तोकेबमोजिमको आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमतिपत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै परिचयपत्र लिएर जानुहोस्,” उनले भने।

अरूको नाममा मत नहाल्न, दोहोर्‍याएर मत हाल्ने प्रयास नगर्न, आफ्नो मत अरूलाई हाल्न नदिन र मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए/नभएको यकिन गर्न पनि उनले आग्रह गरेका छन्।

Shivam cement

प्रकाशित: Nov 20, 2022| 07:02 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...