मंगलबार, असार ९, २०८३

यी हुन् मतपत्र बदर हुने ७ अवस्था

बदर नहुने गरी मतदान गर्न आयोगले मतदातामा आग्रह गरेको छ।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९

काठमाडौं- आइतबार बिहान ७ बजे प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चयनका लागि मतदान सुरु हुँदैछ। साँझ ५ बजे मतदान सम्पन्न भएपछि मतपेटिका संकलन गरी गणना सुरु हुनेछ।  

National life

मतगणना गर्दा ७ किसिमको अवस्थामा मतपत्र भेटिए त्यसलाई बदर गरिने निर्वाचन आयोगले जानकारी दिएको छ। तसर्थ बदर नहुने गरी मतदान गर्न आयोगले मतदातामा आग्रह गरेको छ। 

यसपालिको चुनावमा करिब १ करोड ८० लाख मतदाता छन्।

यी हुन् बदर हुन् अवस्था 

१.  दुई वटा निर्वाचन चिन्ह रहेको कोठाको बीचमा पर्ने गरी मत संकेत गरेमा 

Shivam cement

२. एकभन्दा बढी निर्वाचन चिन्हमा मत संकेत गरेमा 

३.  स्वस्तिक छाप नबुझिने गरी मत संकेत गरेमा 

४.  मतपत्रमा स्वस्तिक छापको सट्टा औँठा छाप वा अन्य छाप वा संकेत प्रयोग गरेमा 

५. कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएमा

६. मतपत्र च्यातिएमा

७.  मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा

प्रकाशित: Nov 19, 2022| 20:21 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...