आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रुसको साखालिन क्षेत्रमा ग्यास विस्फोट हुँदा ९ जनाको मृत्यु

रुसको साखालिन क्षेत्रमा ग्यास विस्फोट हुँदा ९ जनाको मृत्यु

विस्फोटमा ४ बालबालिकासहित ९ जनाको मृत्यु भएको छ। विस्फोटमा ७ जना घाइते भएको सखालिन क्षेत्रका गभर्नर भ्यालेरी लिमारेन्कोले जानकारी दिएका छन्।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९

मस्को- रुसको सुदूर पूर्वीसखालिन क्षेत्रको टिमोभस्कोए गाउँमा शनिबार बिहान एउटा आवासीय भवनमा भएको ग्यास विस्फोटमा ४ बालबालिकासहित ९ जनाको मृत्यु भएको छ। विस्फोटमा ७ जना घाइते भएको सखालिन क्षेत्रका गभर्नर भ्यालेरी लिमारेन्कोले जानकारी दिएका छन्। 

स्थानीय सरकारले सामाजिक सञ्जालमा उल्लेख गरेअनुसार अनुचित भण्डारण र घरेलु प्राकृतिक ग्यास ट्याङ्कीको प्रयोगले विस्फोट गराएको  बताएको छ।  

मस्को समयअनुसार बिहान ५ बजे उक्त विस्फोट भएको र भवनका केही भागमा क्षति पुगेको रुसको सरकारी समाचार एजेन्सी तासले स्थानीय आपत्कालीन सेवालाई उद्धृत गर्दै जनाएको छ।

प्रकाशित: Nov 19, 2022| 18:10 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।