मंगलबार, असार ९, २०८३

सहरीमन्त्री र स्वास्थ्यमन्त्रीलाई जरिवाना गर्ने आयोगको निर्णय

सहरी विकास मन्त्री मेटमणि चौधरीलाई २५ हजार रूपैयाँ जरिवानाको निर्णय आयोगले गरेको छ।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९

काठमाडौं- निर्वाचन आयोगले दुई मन्त्रीलाई जरिवानाको निर्णय गरेको छ। निर्वाचन आचारसंहिता पालना नगरेको आरोपमा उनीहरूलाई जरिवाना गर्ने निर्णय आयोगले गरेको हो। 

National life

सहरी विकास मन्त्री मेटमणि चौधरीलाई २५ हजार रूपैयाँ जरिवानाको निर्णय आयोगले गरेको छ। निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसुरमा उनलाई आयोगले जरिवानाको निर्णय गरेको हो। 

मन्त्री चौधरीले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको ठहर छ। चौधरीले आफ्नो क्षेत्रमा बाढी पीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको बताइएको छ। चौधरी दाङ-१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एसबाट उठेका छन्।

यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई पनि आयोगले पाँच हजार हजार जरिवाना र विभागीय कारबाहीको सिफारिस गरेको छ। उनले निर्वाचन आचारसंहिता लागू भएपछि कर्मचारी सरुवा गरेको आयोगको ठहर छ। उनीहरूलाई निर्वाचन आयोग ऐनअनुसार जरिवाना गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ। 

प्रकाशित: Nov 19, 2022| 16:54 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...