आइतबार, जेठ ३१, २०८३

निर्वाचन आयोग घेर्न पुगेका ७ जना पक्राउ

मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट कार्यकर्ताहरू निर्वाचन आयोग घेर्न पुगेपछि प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९

काठमाडौं- मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट कार्यकर्ताहरू निर्वाचन आयोग घेर्न पुगेपछि प्रहरीले सात जनालाई पक्राउ गरेको छ। 

National life

आज चुनाव बहिष्कारको माग राख्दै बहादुर भवनस्थित निर्वाचन आयोग अगाडि प्रदर्शन  गर्न पुगेका सात जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरू पक्राउ गरी प्रहरी वृत दरबारमार्ग लगिएको प्रहरीले जनाएको छ।

आगामी ४ मंसिरको निर्वाचन बहिष्कार गर्ने भन्दै वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माणवादी आन्दोलित छ। 

निर्वाचन स्वच्छ, निष्पक्ष तथा धाँधलीरहित नभई वर्तमान राज्यसत्ता तथा व्यवस्थाका प्रतिनिधिहरूद्वारा फासीवादी ढंगले प्रस्तुत हुने देखिएको क्रान्तिकारी माओवादीको ठहर छ। 

राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरूको वास्तविक समाधान गर्न नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नुपर्नेमा वैद्य नेतृत्वको माओवादीले जोड दिँदै आएको छ।

Shivam cement

प्रकाशित: Nov 19, 2022| 12:34 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...