आइतबार, जेठ ३१, २०८३

मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्र बस्न पाउने

मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै बस्न पाउने भएका छन्।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९
National life
Shivam cement

काठमाडौं- मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै बस्न पाउने भएका छन्। यसअघिका चुनावमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरुलाई मतदान केन्द्रमा राख्ने गरिएको थियो। सबै दलका प्रतिनिधि राख्दा मतदान केन्द्रमा भिडभाड हुने भएपछि यो पटक भने उम्मेदवारका प्रतिनिधि मात्रै राख्ने व्यवस्था गरिएको हो।

निर्वाचन आयोगले सबै जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा निर्देशिका पठाएर सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधिले मात्रै मतदान प्रतिनिधि नियुक्त गरी राख्न सक्ने व्यवस्थाबारे जानकारी गराएको छ। यो व्यवस्था अनुसार मतदान केन्द्रमा सम्बन्धित प्रदेश र सङ्घमा उम्मेदवार नभएको राजनीतिक दलका प्रतिनिधिहरु बस्न पाउँदैनन्।

सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधिको आधिकारिक हस्ताक्षर भएको पत्र पेस गरेपछि मात्रै मतदान केन्द्रमा प्रतिनिधि बस्न पाउने छन्।

प्रकाशित: Nov 19, 2022| 08:48 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...