सोमबार, वैशाख ७, २०८३

ग्यास ट्याङ्की विस्फोट हुँदा इराकमा ११ जनाको मृत्यु

गभर्नर हवल अबुबाकिरले पत्रकार सम्मेलनमा सुलेमानिया प्रान्तको काजिवा नजिक वस्तु तताउन प्रयोग गरिने लिक्विफाइड पेट्रोलियम ग्यास ट्याङ्कीबाट चुहावटका कारण त्यहाँस्थित भवनमा ठूलो विस्फोट भएको जानकारी दिए।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

बगदाद- इराकको अर्ध स्वायत्त क्षेत्र कुर्दिस्तानमा बिहीबार भएको ग्यास ट्याङ्की विस्फोट हुँदा ११ जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन्।

National life

गभर्नर हवल अबुबाकिरले पत्रकार सम्मेलनमा सुलेमानिया प्रान्तको काजिवा नजिक वस्तु तताउन प्रयोग गरिने लिक्विफाइड पेट्रोलियम ग्यास ट्याङ्कीबाट चुहावटका कारण त्यहाँस्थित भवनमा ठूलो विस्फोट भएको जानकारी दिए। 

उद्धारकर्मीहरूले अझै चार अन्य बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेको बताएका छन्। हराइरहेका व्यक्तिहरू सो विस्फोटमा भत्किएको तीन तले भवनको भग्नावशेषमुनि दबिएको विश्वास गरिएको छ। 

 अबुबाकिरले उत्तरपूर्वी इराकको सुलेमानिया प्रान्तमा एक दिनको लागि सार्वजनिक शोकको घोषणा पनि गरेका छन्।

प्रकाशित: Nov 18, 2022| 21:35 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।