बुधबार, असार १०, २०८३

देशभरका मतगणनास्थलमा सीसी क्यामेरा राख्न निर्देशन

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदानस्थलमा सीसी क्यामेरा अनिवार्य रूपमा जडान गर्न मतदान अधिकृतलाई निर्देशन दिइएको हो।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणनास्थलमा सीसी क्यामेराको व्यवस्था हुने भएको छ। निर्वाचन आयोगले सबै गणनास्थलमा सीसी क्यामेरा जडान गर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको हो।   

National life

मतगणनाका क्रममा हुन सक्ने सम्भावित दुर्घटना रोक्न गणनास्थलको सुरक्षाका लागि यस्तो निर्देशन दिइएको निर्वाचन आयोगले जनाएको छ। 

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदानस्थलमा सीसी क्यामेरा अनिवार्य रूपमा जडान गर्न मतदान अधिकृतलाई निर्देशन दिइएको हो। 

साथै केही मतदान स्थलमा तारजालीको समेत व्यवस्था गरिएको छ। आयोगले तारजालीका विषयमा केही नभने पनि स्थानीय स्तरमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै तारजाली लगाएका हुन्।  

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनालाई सुरक्षित बनाउन पनि सरकारले मतगणना स्थलमा कतै तारजाली र कतै सीसी क्यामेराको व्यवस्था गरेको थियो। 

Shivam cement

यसअघि मतपत्र च्यात्ने र गणनाका क्रममा धाँधली हुने भएकाले तारजाली लगाएमा सुरक्षित हुने भन्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत गणना स्थलमा पनि तार जालीको व्यवस्था गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ। 

२०७४ मा भएको स्थानीय तहको निर्वाचनपछि भएको 'भरतपुर काण्ड' पछि मतगणना स्थलमा तार जालीको व्यवस्था सुरु भएको हो। भरतपुरको मतगणना हुने क्रममा एमालेका देवी ज्ञवाली र माओवादीकी रेणु दाहालबीचको मतगणना हुँदै गर्दा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेर चपाएपछि पुनः मतदान गर्नु परेको थियो। त्यसयता निर्वाचन आयोगले देशैभरका मतगणना स्थलमा सुरक्षाका लागि सीसी क्यामेरासहित तारजाली राख्दै आएको छ।


प्रकाशित: Nov 18, 2022| 22:05 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...