आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • दशरथ रंगशालामा नेपालका ५० अन्तर्राष्ट्रिय म्याच, यस्तो छ हारजितको शृंखला

दशरथ रंगशालामा नेपालका ५० अन्तर्राष्ट्रिय म्याच, यस्तो छ हारजितको शृंखला

अन्तराष्ट्रिय खेल सुरु गरेको ४० वर्षको अवधिमा नेपालले घरेलु मैदानमा ५० खेलका शृंखला पूरा गर्‍यो।
 |  शुक्रबार, मंसिर २, २०७९

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं- नेपालले सन् १९८४ को सेप्टेम्बर १८ मा माल्दिभ्सविरुद्ध ४–० को जित निकालेको दिनबाट दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेलाउन सुरु भयो। रंगहालामा भएको पहिलो खेलमा गणेश थापाले दुई गोल गरे भने रुपक शर्मा र कृष्ण थापाले १–१ गोल थपेका थिए।

triton college

अन्तर्राष्ट्रिय फुटबलमा पाइला चाल्न सुरु गरेको नेपालले सन् १९८२ मा फिफाको मान्यता पाएपछि आधिकारिक रूपमा अन्तर्राष्ट्रिय खेल खेल्न सुरु गरेको हो। पहिलो अन्तर्राष्ट्रिय खेल भने नेपालले दिल्लीमा खेलेको थियो। त्यो एसियाली खेलकदुको छनोट प्रतियोगिता रह्यो।

बुधबार राति काठमाडौंको दशरथ रंगशालाले ८९औं अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्दा नेपालले ५० खेलका शृंखला यही मैदानमा पूरा गरेको छ। पचासौँ शृंखलाको खेलमा नेपालले १४ वर्षपछि पाकिस्तानलाई हराएको छ।

अन्तराष्ट्रिय खेल सुरु गरेको ४० वर्षको अवधिमा नेपालले घरेलु मैदानमा ५० खेलका शृंखला पूरा गर्‍यो। विकसित देशको खेल संख्याको तुलनामा यो थोरै हो। नेपालले घरेलु रंगशालामा अन्तर्राष्ट्रिय खेलमा उत्रन थालेपछि दक्षिण एसियाली स्तरको प्रतियोगिता पनि सुरु भएकाले नेपालको फुटबल विकासमा कोसेढुंगा मानिन्छ।

दक्षिण एसियाली देशले एसियाली प्रतियोगितामा सँधै स्थान पाउने अवस्था थिएन। त्यसैले यो क्षेत्रका टिमलाई सँधै जागरुक बनाउन दक्षिण एसियाली खेलकुद सुरु भएको थियो। केही समयपछि साफ स्थापना भएर फुटबल खेल पनि सुरु भएको थियो।

corrent noodles
Metro Mart

देशको वर्णानुक्रमको आधारमा साफका खेल बंगलादेशबाट सुरु हुनु पर्ने हो। तर त्यहाँ आयोजना हुन नसकेपछि साफ प्रतियोगिता आयोजना गर्ने अवसर नेपालले पाएको थियो। 

नेपालको घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा माल्दिभ्सलाई ४-० ले हराएको थियो। सागको दोस्रो खेलमा नेपालले बंगलादेशलाई ४-२ ले हरायो। गोल गर्ने खेलाडी रहे कृष्ण थापा, सुदेश पन्थी र वाइबी घले। उनीहरुले समान १–१ गोल गर्दा नेपालले एक गोल चाहिँ आत्मघाती गरेको थियो। 

दशरथ रंगशालामा नेपालले पहिलो हार सन् १९८५ मा दक्षिण कोरियासँग व्यहोर्‍यो। विश्वकप छनोटको पहिलो लेगको खेलमा नेपालले ०-२ को हार व्यहोरेको थियो। त्यही छनोटमा कोरियासँगको हारपछि नेपालले मलेसियासँग गोलरहित बराबरी खेलेको थियो।

सन् १९८६ मा नेपालले दशरथ रंगशालामा कुनै खेल खेलेन। सन् १९८७ मा ओलम्पिक छनोटका दुई खेल यही मैदानमा भएका थिए। ती दुवै खेल नेपाल र पाकिस्तानबीच भएका थिए। पाकिस्तानले अवे खेल पनि नेपालमै खेल्नका लागि मञ्जुरी गरेपछि पहिलो खेल गोलरहित बराबरी भयो भने दोस्रो खेलमा धीरेन्द्र प्रधानले गोल गर्दै नेपाललाई जित दिलाएका थिए। यो खेलसम्म आइपुगुन्जेल पनि पाकिस्तानका अधिकांश अन्तर्राष्ट्रिय खेल विदेशमा नै भइरहेका थिए।

सन् १९८८ मा एकै वर्ष नेपालले घरेलु मैदानमा चार खेल खेल्यो। घरेलु रंगशालामा सबैभन्दा धेरै खेल एकै वर्ष भएको समय थियो त्यो। ती सबै खेल एसियाली खेलकुदको छनोटका थिए। तर नेपालले कुनै पनि खेलमा जित निकाल्न सकेन।

इरानसँग ०–३, उत्तर कोरियासँग ०–१ र सिरियासँग ०–३ ले हारेको नेपालले हङकङसँग चाहिँ गोलरहित बराबरी खेलेको थियो। यससँगै नेपालले दशरथ रंगशालामा पहिलो १० खेल पूरा गर्दा तीन जित, चार हार, तीन बराबरी गरेको थियो। साथै नेपालले ९ गोल गर्दा ११ गोल बेहोरिसकेको थियो।

प्रकाशित: Nov 18, 2022| 17:05 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।