मंगलबार, असार ९, २०८३

निर्वाचन सुरक्षा गस्तीमा निस्कियो सेना

सेनाले निर्वाचनलाई लक्षित गरी राजधानीसहित मुलुकभरका विभिन्न स्थानमा गस्ती सुरु गरेको हो।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं– आगामी आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सुरक्षा बन्दोबस्तीलाई प्रभावकारी बनाउन नेपाली सेनाले सुरक्षा गस्ती सुरु गरेको छ। सेनाले निर्वाचनलाई लक्षित गरी राजधानीसहित मुलुकभरका विभिन्न स्थानमा गस्ती सुरु गरेको हो।   

National life

निर्वाचनका लागि देशभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी २ लाख ९८ हजार ४७९ जना सुरक्षाकर्मी परिचालित भइसकेका छन्।

निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि ७४ हजार ८४९ नेपाली सेना, ७१ हजार ६९३ नेपाल प्रहरी, ३५ हजार ११६ सशस्त्र प्रहरी बल, १ हजार ८२१ राष्ट्रिय अनुसन्धान विभाग र १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अति संवेदनशील मतदान केन्द्रलाई लक्षित गरी हवाई गस्तीको समेत प्रबन्ध गरिएको बताएका छन्। थपलियाले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्ने गरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरिएको जानकारी दिए।

निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्नेलगायतका गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीति अपनाइएको जानकारी दिँदै उनले जोखिमका आधारमा सुरक्षा गस्ती परिचालन गरिने र संवेदनशीलतालाई ध्यान दिँदै अधिकारसम्पन्न घुम्ती टोली परिचालन गरिने बताए।

Shivam cement

प्रकाशित: Nov 18, 2022| 13:51 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...