मंगलबार, असार ९, २०८३

मतदानका लागि ६ लाखले छाडे उपत्यका

चुनावकै मुखमा दैनिकजसो ६० हजार हाराहारी यात्रुले सडक मार्ग हुँदै उपत्यका छाडिरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं– आगामी आइतबार हुने प्रदेशसभा तथा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शुक्रबार १ बजेसम्म करिब ६ लाख नागरिक उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघले बताएको छ। महासंघले निर्वाचनमा मत हाल्न काठमाडौंमा रहेका विभिन्न जिल्लाका करिब ७ लाखले उपत्यका छाड्ने अनुमान गरेको 

National life

दसैं–तिहार लगत्तै निर्वाचनको चहलपहल सुरु भए पनि २५ कात्तिकदेखि काठमाडौंलाई कर्मथलो बनाइरहेका विभिन्न जिल्लाका नागरिकले उपत्यका छाड्न थालेकामा ३ मंसिरसम्म यस्तो संख्या ७ लाख पुग्ने देखिएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए। 

उनका अनुसार चुनावकै लागि विभिन्न पार्टी र व्यक्तिगत खर्चमै गाडी रिजर्भ गरेर मतदातालाई जिल्ला–जिल्ला र स्थानीय निर्वाचन क्षेत्रमा लैजान थालिएको छ। सोही कारण पछिल्ला दिनमा सरदर दैनिक सञ्चालन हुने गाडीको तुलनामा ५० प्रतिशत बढीले माग बढेको र साहीअनुसार व्यवस्था गरिएको उनले बताए। 

चुनावमा मतदाता बोक्न लामा रुटका गाडीको प्रयोग बढी भइरहेको उनको भनाइ छ। चुनावमा प्रयोग भएका गाडीको एकिन तथ्यांक नभए पनि अधिकांश रुटका गाडी र निजी गाडीको समेत प्रयोग भइरहेको उनले बताए।

चुनावकै मुखमा दैनिकजसो ६० हजार हाराहारी यात्रुले सडक मार्ग हुँदै उपत्यका छाडिरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। गत बुधबार एकै दिन ५८ हजार २९४ जना यात्रुले उपत्यका छाडेकामा बिहीबार ५५ हजार १४७ जना र शुक्रबार मात्र १ लाख हाराहारी यात्रुले उपत्यका छाडेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए। शनिबार उपत्यका छाड्नेको संख्या थप बढ्ने ट्राफिक प्रहरीको अनुमान छ।

Shivam cement

प्रकाशित: Nov 18, 2022| 13:30 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...