मंगलबार, असार ९, २०८३

प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्रै सार्वजनिक

प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिकतर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने आयोगको लक्ष्य।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९
National life
Shivam cement

काठमाडौं– निर्वाचन आयोगले आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने जनाएको छ। प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिकतर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गर्ने आयोगको भनाइ छ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भने, ‘सबै मतपेटिका संकलन भएलगत्तै मतगणना सुरु हुनेछ। तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौं।’ २२ मंसिरभित्र चुनावका सबै नतिजाको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी भइरहेको उनले बताए।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा  देशभर एकै चरणमा हुँदै छ। चुनावमा १ करोड ७९ लाख ८० हजार ५७० मतदाता रहेका छन्। मतदानका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ। ३ मंसिरसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउनेछन्।

प्रकाशित: Nov 18, 2022| 12:21 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...