मंगलबार, असार ९, २०८३

मोरङमा निर्वाचनको सम्पूर्ण तयारी पूरा

आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन मोरङ जिल्लामा शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न सम्पूर्ण तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालले जनाएको छ।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

मारङ- आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन मोरङ जिल्लामा शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न सम्पूर्ण तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालले जनाएको छ।    

National life

प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले मतदान अधिकृतलगायतका कर्मचारीले निर्वाचनको मतपत्रसहितका सामग्री बुझी आफ्नो मतदान केन्द्रतर्फ बिहीबार साँझ पुगिसकेको जानकारी दिए।

उनले मतदान अधिकृतले आफ्नो मतदान केन्द्रमा पुगेर निर्वाचनसम्बन्धी सूचना टाँस, सर्वदलीय बैठक आह्वानलगायतका कार्य सुरु गरेको बताए। प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लवनकश्यप अधिकारीले निर्वाचनको वातावरण शान्तिपूर्ण र सौर्हादपूर्ण रहेको छ भन्दै सम्पूर्ण मतदान केन्द्र सुरक्षित रहेको र भयरहित एवं त्रासबिना मतदान गर्न सबैलाई आग्रह गरेका छन्। प्रत्येक निर्वाचन केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी र नेपाली सेनाको व्यवस्था गरिएकाले ढुक्कसाथ मतदान गर्न मतदातालाई आफ्नो केन्द्रमा जान आग्रह गरे।

जिल्लामा तीन सय छ केन्द्रमा आठ सय ३९ मतदान केन्द्र र दुई अस्थायी केन्द्र गरी जम्मा आठ सय ४१ मतदान केन्द्र रहेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए। जिल्लामा रहेका मतदानस्थल र मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।

उनले निर्वाचनलाई निष्पक्ष, भयरहित, स्वच्छ, स्वतन्त्र एवं मर्यादित बनाउन हरसम्भव प्रयास जारी रहेको भन्दै निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरी सुरक्षाको चार घेरा रहने बताए।

Shivam cement

एक मतदान केन्द्रमा आठदेखि १२ राष्ट्रसेवक कर्मचारी परिचालन हुने व्यवस्था पनि भएको प्रजिअ दाहालले जानकारी दिए। मोरङमा प्रतिनिधिसभातर्फ छ स्थानका लागि एक सय पाँच र प्रदेशसभातर्फ १२ स्थानका लागि एक सय १० जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

यसैगरी मतदानस्थलमा बिजुली, खानेपानी, टेलिफोन, शौचालय पूर्ण व्यवस्थासँगै सो स्थानको सरसफाइमा विशेष ध्यान दिन प्रिजिअ दाहालले निर्देशन दिएका छन्। जिल्लामा मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरीका दुई हजार ८४ र तीन हजार १६ म्यादी प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

मोरङमा कुल सात लाख ३५ हजार पाँच सय २५ जनाले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ। जसमा पुरुषको सङ्ख्या तीन लाख ७४ हजार तीन सय २६ र महिलाको सङ्ख्या तीन लाख ६१ हजार एक सय ९३ रहेका छन्। 

छवटा निर्वाचन क्षेत्र रहेको मोरङमा निर्वाचन क्षेत्र नं १ मा एक लाख २३ हजार छ सय १५ मतदाता छन् भने सोही क्षेत्रमा प्रदेशसभामा मतदान गर्ने ९१०मा ६४ हजार चार सय ८२ र ९२० मा ५९ हजार एक सय ३३ मतदाता छन्। निर्वाचन क्षेत्र नं २ मा एक लाख २४ हजार सात सय २९ मतदाता छन् भने सोही क्षेत्रमा प्रदेशसभाका लागि ९१०मा ६१ हजार ५८ र ९२०मा ६३ हजार छ सय ७१ मतदाता छन्।

निर्वाचन क्षेत्र नं ३ मा एक लाख ४९ हजार आठ सय ३३ मतदाता छन् भने प्रदेशसभातर्फ ९१०मा ७५ हजार तीन सय ९३ र ९२०मा ७४ हजार चार सय ४०, निर्वाचन क्षेत्र नं ४ मा एक लाख १० हजार ९३ मतदाता छन् भने प्रदेशसभातर्फ ९१०मा ५७ हजार तीन सय ९० र ९२०मा ५२ हजार सात सय तीन मतदाता छन्।  निर्वाचन क्षेत्र नं ५ मा एक लाख चार सय ९४ मतदाता छन् भने प्रदेशसभातर्फ ९१०मा ४७ हजार चार सय ५५ र ९२०मा ५३ हजार ३९ तथा निर्वाचन क्षेत्र नं ६ मा एक लाख २६ हजार सात सय ६१ मतदाता छन्। प्रदेशसभातर्फ ९१०मा ७८ हजार नौ सय ६४ र ९२०मा ४७ हजार सात सय ९७ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: Nov 18, 2022| 10:50 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...