शुक्रबार, साउन १, २०८३

माउरिन्होको भावुकता वास्तविक हो : लुकाकु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक जोसे माउरिन्होको भावुकता झुटो नभएको युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकुले बताएका छन् । उनले भने, ‘माउरिन्होको भावुकता वास्तविक हो ।’ अगस्टमा ओल्ड ट्राफोर्डमा टोटनह्यासँग भएको खेलमा ३–० ले पराजित हुँदा उनले मिडियाको समेत सामना गर्नु परेको थियो ।

स्ट्राइकर लुकाकुले इङलिस प्रिमियर लिगमा अन्य प्रशिक्षकहरु जस्तो झुटो पीडा माउरिन्होको नभएको बताए । लुकाकुले भने, ‘उहाँ यस्तो व्यक्ति हुन जसले नयाँ खेलाडीहरुलाई मैदान भित्र्याउछन् र पुराना खेलाडीलाई राम्रो बनाउछन् । त्यसैले उनलाई सम्मान चाहिन्छ । किनकि, उनलाई सम्मान दिनु हाम्रो कर्तव्य हो । तर, सधै उनले जित्नुपर्छ भन्ने सबैको सोच हुन्छ ।’ उनले थपे, ‘मलाई अचम्म लाग्छ की किन अरु उनको वास्तविकतालाई मन पराउदैनन्। ज्ब उनी ममाथि पागल हुन्छन् त मलाई थाहा छ उनी मेरा लागि पागल छन् भनेर । म जे चाहन्छु त्यो गर्ने कोसिस गर्द छु । ताकी उनी खुसी हुन् ।’

प्रिमियर लिग अन्तर्गत दुई साता अघि टोटेनहम र युनाइटेडबीचको खेलअघि माउरिन्होले मिडियासामु आफुलाई सम्मान दिनुपर्ने भन्दै रिसाएका थिए । यस्तै लुकाकुले वास्तविकता नलुकाउने मोउरिन्होको बानी आफूलाई मन पर्ने बताए । 

‘मलाई उनको एक कुरा मन पर्छ, उनले कहिल्लै झुटो पीडा देखाउदैनन् । जब उहाँ रिसाउँछन्, उहाँ रिसाएको देखिन्छ । जब उहाँ हसिलो हुन्छन् सबैले उनलाई हसिलो देख्न सक्छन् ।’ लुकाकुले भने, ‘मलाई थाहाँ छैन मान्छेहरु किन मन पराउदैनन् उनको वास्तविकता ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।