आइतबार, भदौ २१, २०८३

स्थिर समय : चुनाव प्रचारका पोस्ट लाइक, कमेन्ट र सेयर गर्न नपाइने

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गए राति १२ बजेदेखि नै स्थिर समय (मौन अवधि) सुरू भइसकेको छ।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गए राति १२ बजेदेखि नै स्थिर समय (मौन अवधि) सुरू भइसकेको छ।

यस अवधिमा दल वा उम्मेदवारहरूले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन्। निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युबलगायत सामाजिक सञ्जालमा नराख्न निर्वाचन आयोगले आग्रह पनि गरेको छ।

चुनावी प्रचार सामग्री सामाजिक सञ्जालमा नराख्न र लाइक, कमेन्ट, सेयर, ट्याग वा प्रतिकमेन्टसमेत नगर्न आयोगले प्रयोगकर्ताहरूलाई आग्रह गरेको हो।

आयोगले सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै पनि राजनीतिक दल वा उम्मेदवारको विज्ञापन पनि गर्न मौन अवधिमा नपाइने भएकोले त्यस्ता सामग्री हटाउन पनि भनेको छ।

निर्वाचनका दिन मतदान केन्द्रका वरपर दल वा उम्मेदवारका चुनाव चिन्ह भएका पोशाक, लोगो, ब्याज, झन्डा, टिसर्ट, टोपी, स्टीकरलगायत प्रयोगमा पनि निषेध गरेको छ।

मौन अवधिमा उम्मेदवारको जन्मदिन परेमा पनि घरबाहिर गएर जन्मदिनका कार्यक्रम नगर्न आयोगले आग्रह गरेको छ। मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय दिइएको छ।

प्रकाशित: Nov 18, 2022| 06:49 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...