मंगलबार, असार ९, २०८३

विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकार कुण्ठित पारियो : रवि लामिछाने

बिहीबार चितवनमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९
National life
Shivam cement

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रवि लामिछानेले विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकार कुण्ठित पारिएको बताएका छन्। बिहीबार चितवनमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकारलाई कुण्ठित गरेर राखिएको छ। हामीले जितेपछि तपाईंहरुको भोट हाल्ने अधिकार सुनिश्चित गर्न कानून बनाउनेछौं', उनले भने।

उम्मेदवार लामिछानेले विदेशबाट फर्किएका नेपाली नागरिकलाई देश फर्किँदा भिभिआइपी प्रमाणपत्र दिएर सम्मानका साथ एयरपोर्टमा आफैं रिसिभ गर्न आउनेसमेत बताए।

प्रकाशित: Nov 17, 2022| 21:15 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...