मंगलबार, असार ९, २०८३

निर्वाचनलाई विगतको त्रुटि सच्याउने अवसरका रूपमा सदुपयोग गरौं : अध्यक्ष लिङ्देन

निर्वाचन प्रचारप्रसारको मौन अवधि सुरु हुनु केही घण्टाअघि आम मतदातालाई सम्बोधन गरी जारी गरिएको भिडियो सन्देशमा अध्यक्ष लिङ्देनले सो कुरा व्यक्त गरेका हुन्।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

काठमाडौं- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई केवल आवधिक निर्वाचनको रुपमा मात्रै नभइ विगतका त्रुटी कमीकमजोरी सच्याउने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन्।

National life

निर्वाचन प्रचारप्रसारको मौन अवधि सुरु हुनु केही घण्टाअघि आम मतदातालाई सम्बोधन गरी जारी गरिएको भिडियो सन्देशमा अध्यक्ष लिङ्देनले सो कुरा व्यक्त गरेका हुन्।

अध्यक्ष लिङ्देनले हाम्रै जीवनकालमा समृद्ध नेपाल बनाउने र नेपाल बनेको हेरेर मर्ने आमचाहना परिपूर्ति गर्ने संकल्पका साथ राप्रपा निर्वाचनमा होमिएको बताएका छन्। लिङ्देनले राष्ट्रिय राजनीतिमा राप्रपा नवीन सोच र दृष्टिकोणका साथ जनताको माझमा आएकाले आफ्नो पार्टीका प्रतिनिधिसभा र प्रदेश सभाका उमेदवारलाई मत दिइ बिजयी गराउन आम मतदातालाई अपील समेत गरेका छन्।

यसैगरी अध्यक्ष लिङ्देनले अर्को भिडियो सन्देश मार्फत जीवनमा पहिलोपटक भोट हाल्न तम्तयार लाखौं नवयुवा र युवालाई आगामी निर्वाचनलाई देशको भाग्य र भविष्य बदल्ने निर्वाचनको रुपमा सदुपयोग गर्न आग्रह गरेका छन्। अध्यक्ष लिङ्देन झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका उमेदवारसमेत छन्।


प्रकाशित: Nov 17, 2022| 20:40 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...