मंगलबार, असार ९, २०८३

सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदात गर्नुस् : गृहमन्त्री खाण

निर्वाचन घरदैलोका क्रममा रुपन्देहीमा उनले भने, ‘सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौं, सबै देशवासीले आ–आफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला।’
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

रुपन्देही- गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्तिसुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन्।

National life

निर्वाचन घरदैलोका क्रममा रुपन्देहीमा उनले भने, ‘सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौं, सबै देशवासीले आ–आफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला।’

उनले गत वैशाखमा पनि एकैदिन देशैभरि एकैचरणमा शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराएको प्रसंग उल्लेख गर्दै भने, ‘पहिले–पहिले स्थानीय तहको निर्वाचन विभिन्न चरणमा गर्ने गरेकामा यस वर्ष हामीले एकैदिन बडो सौहार्दपूर्ण रूपमा निष्पक्ष रूपमा सम्पन्न गर्‍यौं, हामीलाई यसबाट पनि आत्मबल बढेको छ, अहिले पनि सुरक्षा व्यवस्था चुस्त बनाएका छौं।’ 

मुलुकका चारै निर्वाचन निकायका बीचमा चुस्त समन्वय रहेको र हिमाल पहाड र तराईमा निर्वाचन क्षेत्र र जिल्लाको संवेदनशीलता हेरेर सुरक्षा व्यवस्था अपनाइएको जानकारी उनले दिए।

मतदाता, उम्मेदवार, कर्मचारी, निर्वाचनमा खट्ने सबै व्यक्ति, मतपत्रको सुरक्षा गर्नु राज्यको कर्तव्य हो भन्ने विषयलाई वर्तमान सरकारले ध्यानमा राखेको र सोहीबमोजिम नै नागरिक तथा मतदानपछि मतपेटिका र सबै अवस्थाको सुरक्षा चुस्त बनाइएको गृहमन्त्री खाणले बताए।

Shivam cement

उनले कुनै पनि किसिमको बाधा व्यवधान नहुने स्पष्ट गर्दै सबै नेपाली नागरिकलाई निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन र ढुक्क भएर मतदान गर्न आग्रह गरे। एक प्रश्नमा उनले नेपाली कांग्रेस आगामी निर्वाचनपछि सबैभन्दा ठूलो दल बन्ने दाबी पनि गरे।

उनले भने, ‘नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ र कांग्रेस नेतृत्वकै सत्तारुढ ५ दलीय गठबन्धनले सरकार निर्माण गर्न मिल्ने सजिलो बहुमत हासिल गर्दछ।’ इतिहासमा समय समयमा मुलुकलाई संकट परेका बेला नेपाली कांग्रेसले नै नेतृत्व प्रदान गर्दै आएको, कोरोना महामारीको संकट साथै संविधानमाथि नै हस्तक्षेप गरी संसद् विघटन भइरहेका बेला संविधान र प्रजातन्त्रको संरक्षणका लागि कांग्रेसले नै नेतृत्व प्रदान गरेको विगतको यथार्थका कारण यसपटक पनि नेपाली जनताले कांग्रेसलाई पहिलो पार्टी बनाउने उनको भनाइ थियो।

प्रकाशित: Nov 17, 2022| 19:33 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...