मंगलबार, असार ९, २०८३

मोरङ ६ मा निर्वाचनको अलग्गै चर्चा

यो क्षेत्रमा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला लोकतान्त्रिक-वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको साझा उम्मेदवार छन् भने उनका प्रमुख प्रतिस्पर्धीका रुपमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य लालबाबु पण्डित छन्।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

विराटनगर– आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं ६ धेरैको चासो र चर्चाको विषय बनेको छ।

National life

यो क्षेत्रमा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला लोकतान्त्रिक-वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको साझा उम्मेदवार छन् भने उनका प्रमुख प्रतिस्पर्धीका रुपमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य लालबाबु पण्डित छन्। पूर्वमन्त्री पण्डितसँगै यसअघि विसं २०७४ को निर्वाचनमा कोइराला पराजित भएका थिए।

शान्ति प्रक्रियादेखि राष्ट्रिय राजनीतिमा चर्चामा रहेको कोइराला परिवारको विरासतका रूपमा डा कोइरालाले आफूलाई स्थापित गराउन चाहन्छन्। यसकारण पनि मोरङ निर्वाचन क्षेत्र नं ६ को चर्चा बढी देखिन्छ।

पूर्वमन्त्री पण्डित पनि एमाले पार्टीभित्र चर्चामा रहने नेता हुन्। पाँच वर्षपछि अहिले उहाँ दुवै जना निर्वाचन क्षेत्रमा आमनेसामने देखापरेका छन्। यी दुई यस क्षेत्रका चिरपरिचित उम्मेदवारका बीचमा प्रतिस्पर्धा हुन गइरहेको छ।

निर्वाचन नजिकिएसँगै डा कोइरालाको पक्षमा जनमत बढ्दै गएको उनका समर्थक एवं शुभचिन्तक बताउँछन्। उता पण्डितका समर्थकहरू पनि आफ्नो अवस्था बलियो भएको बताउँछन्।

Shivam cement

विराटनगरको पुराना व्यक्ति तथा प्राज्ञिक वर्गले यस क्षेत्रबाट कोइरालाले विजयी भएमा विराटनगरको गुमेको साख फर्किने दाबी गर्छन्। उनीहरूले विराटनगर दोस्रो सहरबाट छैटौँ-सातौँमा पुगिसकेको अवस्थामा विराटनगरलाई पहिलेकै अवस्थामा फर्काउन कोइरालाको जित आवश्यक रहेको धारणा छ।

विगतमा विराटनगरको एक अलग्गै पहिचान थियो। आज विराटनगरले सोचेको कुरा देशले भोलि मात्र सोच्छ भन्ने गरिएको हिजोको अवस्था आज नरहेको धेरैको भनाइ छ। राष्ट्रिय राजनीतिमा सशक्त उपस्थितिको अभावले दिनप्रतिदिन विराटनगर पछि परेको विराटनगरवासी बताउने गरेका छन्।

आर्थिक, सामाजिक र राजनीतिकरूपमा विराटनगरलाई प्रदेशकै नमूना सहरका रूपमा विकास गर्न सक्ने एजेण्डा आफूसँग रहेको डा कोइराला बताउनुहुन्छ। नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका डा कोइरालाले पुरानो सहर विराटनगरलाई अब नयाँ ढङ्गले सोचेर कार्यक्रम ल्याउनुपर्ने खाँचो रहेको र यस्तो पुनःस्थापनाको खाका आफूसँग रहेको बताउँछन्।   

बुधबार गछियाको चुनावीसभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेखर कोइरालालाई शान्ति सम्झौताका नायक भएको चर्चा गर्दै उनलाई विराटनगरवासीले विश्वास गरेर विजयी गराउनुपर्ने धारणा राखेका थिए। 

उता एमालेका उम्मेदवार पण्डित पनि आफूले केही नयाँ कार्यको थालनी अघिल्लो कार्यकालदेखि गरेको र आगामी दिनमा तिनलाई पूर्णता दिनुपर्ने भन्दै मतदातालाई आफूलाई पुनः एकपटक विजयी गराउन आग्रह गर्छन्।

विगतको भन्दा फरक शैली अपनाएर चुनावी मैदानमा उत्रेका उम्मेदवारहरू निर्वाचन आचारसंहिता पालनासहित मतदातालाई खुसी पार्न घर-घरमा पुगेका छन्। उनीहरूले मतदाता शिक्षालाई व्यवस्थित गर्न कार्यकर्तालाई निर्देशन पनि दिइरहेका छन्।

जनसभा र आमसभाभन्दा पनि घरदैलो र कोणसभामा मात्र देखिने उम्मेदवारहरू बिहानदेखि बेलुकैसम्म भेटघाट, चुनावी रणनीति, प्रचार–प्रसार तथा कार्यकर्ता र मतदाताका गुनासो एवं माग गहनरूपमा सुनिरहेको पाइन्छ। यही क्षेत्रमा प्रतिनिधिसभामा मङ्गोल नेश्नल अर्गनाइजेशनका मोहनबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल क्षेत्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दुखाराम माझी, जनमत पार्टीका बुद्धिराम माझी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राजु मण्डल, जनता प्रगतिशील पार्टी नेपालका प्रशान्त ठाकुर, बहुजन शक्ति पार्टीका नारायण पासवान, हाम्रो नेपाली पार्टीका टेकबहादुर अधिकारी क्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधान, नागरिक उन्मुक्ति पार्टीका बलराम खवास र नेपाल मजदुर किसान पार्टीका चिरञ्जीवी खतिवडा उम्मेदवार छन्। सबै उम्मेदवारले जनतालाई आ-आफ्ना पक्षमा आकर्षित गराउने पक्षमा कसरत गरिरहेका छन्।

कूल एक लाख २६ हजार सात सय ६१ मतदाता रहेको यस क्षेत्रको प्रदेशसभा (१)मा ७८ हजार नौ सय ६४ र (२)मा ४७ हजार सात सय ९७ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ। यही क्षेत्रमा मतदानस्थल ३९ र मतदान केन्द्र एक सय ४१ छन्। कार्यालयका अनुसार यस क्षेत्रमा बूढीगङ्गा गाउँपालिकाका सबै वडा, विराटनगर महानगरपालिकाका वडा नं ४, ५, ६, ७, ९, ११ र १२ तथा सुन्दर हरैँचा नगरपालिकाका वडा नं २, ३, ४, ५, ६ र ७ पर्दछन्।  -मोहम्मद सदरुल/रासस

प्रकाशित: Nov 17, 2022| 22:00 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...