मंगलबार, असार ९, २०८३

निर्वाचनको तयारी पूरा : निर्वाचन आयोग

१० हजार ८९२ मतदान स्थल रहेको र २२ हजार २२७ मतदान केन्द्रमा मताधिकारीहरू कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बताएका छन्।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

काठमाडौं– निर्वाचन आयोगले  पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को तयारी पुरा भएको जनाएको छ।

National life

१० हजार ८९२ मतदान स्थल रहेको र २२ हजार २२७ मतदान केन्द्रमा मताधिकारीहरू कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बताएका छन्। प्रतिनिधि सभा सदस्यमा २ हजार ४१२ जना उम्मेदवार रहेको छ भने समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवारलाई अन्तिम बन्द सुचीमा कायम राखेको हो। 

यस्तै प्रदेश सभाका लागी पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागी ३ हजार २२४ उम्मेदवार रहेको र समानुपातिक तर्फ ३ हजार ७०८ जना अन्तिम बन्दसूचीमा कायम गरिएको आयोगले जनाएको छ। आसन्न निर्वाचनको पहिलो हुने निर्वाचित प्रणालीको प्रतिनिधि सभा तथा प्रदेश सभा को ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको र समानुपातिक निर्वाचन प्रणाली तर्फ ५ हजार ९०७ अन्तिम बन्द सुचीमा कायम गरिएको आयोगले जनाएको हो।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचित हुने निर्वाचनका लागी ४ करोड ६ लाख ५ हजार मतपत्र र समानुपातिक तर्फ ३ करोड ९८ लाख १६ हजार ५०० मतपत्र छपाई गरी ढुवानी गरिसकेको छ।  पर्यवेक्षणद्वारा निर्वाचनको विसवस्नीयतालाई अभिवृद्धि गर्न ४४ वटा संस्थाका ७ हजार २०७ जना र दुईवटा अन्तराष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २१९ जनाले पर्यवेक्षण गर्ने अनुमति लिएको र भारत, भुटान, माल्दिभ्स, श्रीलंका र दक्षीण कोरियाका प्रमुख आयुक्तका टोलीले पर्यवेक्षण गर्ने भएको छ। साथै १८ वटा कुटनैतिक नियोगका नेपालका समुहले समेत मतदानको दिन अवलोकन गर्ने व्यवस्था मिलाएको प्रवक्ता थालियाले जानकारी दिए। 

मतपत्र, निर्वाचन सामग्री र २ लाख ४६ हजार जना कर्मचारी, आवश्यकताअनुसारको सुरक्षाकर्मी मतदान स्थलमा पुगिसकेको छ। साथै निर्वाचन अधिकृतद्वारा बैठक बस्ने, मतदान क्षेत्र तोक्ने, सूचनाहरू प्रकाशित गर्ने, मादकपदार्थ वा हातहतियार बोक्न नदिने लगायतका विषयहरूमा आवश्यक छलफल गर्नेछन्।

Shivam cement

सामाजिक सञ्जालबाट कुनै किसिमको गलत मित्थ्या सूचना प्रवाहबाट निर्वाचन आयोग प्रभावित हुनबाट आयोग सचेत रहेको प्रवक्ताको भनाई छ। निर्वाचन सुरक्षा जोखिमका आधारमा आवस्यक्ता अनुसारका सुरक्षा गस्ती र सम्पन्न घुम्ती टोली परिचालन गरेको प्रवक्ता थपलियाले जानकारी दए।

प्रकाशित: Nov 17, 2022| 21:30 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...